गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले चुम्बुङस्थित राजनीतिक सचिव जेकब खालिङको निवासमा पुगे र उनका बुबा डेभिड राई, आमा श्रीमती मार्था राई साथै सम्पूर्ण परिवारलाई हार्दिक क्रिसमस शुभकामना व्यक्त गरे।

क्रिसमसको खुसी र आत्माले उनीहरूको घरमा शान्ति, प्रेम र एकताकाे आशीर्वाद सदा रहोस्। यस पर्वले परिवारका हरेक सदस्यको जीवनमा प्रशस्त खुशीयाली, सम्झनायोग्य क्षणहरू र दिर्घकालीन ऊर्जामय सौहार्द लिएर आओस् भनि मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेका छन्।
यसैगरी मुख्यमन्त्रीले क्रिसमसको यस हर्षोल्लासपूर्ण अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाकुङस्थित रेभ. पी. टी. सुक्रमिमूको निवासमा गए।

उनीसँग पुनः भेट हुन पाउनु र उनको आशिर्वाद लिन पाउनु साँच्चिकै खुशीको कुरा रहेको व्यक्त गर्दै मुख्यमन्त्रीले रेभ. सुक्रमिमू र उनको परिवारलाई न्यानोपन, शान्ति र आनन्दले भरिएको “मेरी क्रिसमस”को हार्दिक शुभकामना चढाए।











