खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङद्वारा कुर्सी अभियान कार्यक्रम सफल भएकोमा शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गर्दै बिहीवार पुस्तकालयको उपाध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा धन्यवाद कार्यक्रम सम्पन्न भयो। मूल सचिव विनोद रसाइलीले उपस्थित सम्पूर्णमा क्रिसमसको शुभकामना व्यक्त गर्दै शुरूमा कार्यकारी समितिभित्र मात्र यस अभियान सीमित राखिएको भए तापनि पछि केही सदस्यहरू यस अभियानको निम्ति सहभागिता जनाउन उत्साहित भएको कुरो थाहा लागेपछि गोजपु सदस्य समूहमा यस अभियानबारे साझा गरिएको कुरो जानकारी गराए। कसैले एक अनि कसैले दुई गर्दै जम्मा 50 वटा राम्रो ब्राण्डको कुसनजड़ित कुर्सीको निम्ति तोकिएको राशि क्युआर कोडमार्फत अनलाइन सङ्ग्रह हुँदा पुस्तकालयप्रति सदस्यहरूका प्रेम र सम्मान देखेर अलग र खुशी भएको कुरा उनले साझा गरे। ११२ वर्षभन्दा लामो समयदेखि भाषासाहित्य र विद्यार्थीहरूको निम्ति सेवारत पुस्तकालयलाई संरक्षण र सम्वर्द्धनको निम्ति विशेष क्षेत्रीय प्रशासन पनि अघि आउनुपर्ने उनले आह्वान गरे। कुर्सीदाताहरू क्रमैले विनोद रसाइली, रविनकुमार प्रधान विजया ब्लोन डा रोहित शर्मा, प्रितमकुमार छेत्री, तिलक शर्मा, मणि थापा, प्रकाश प्रधान, गोमा सुब्बा, शोभा राई, प्रणिता मुखिया घिसिङ, ऋषि राई, रचना अनाकार, प्रसनजीत छेत्री, इन्दिरा थापा गुरुङ, सुजन शर्मा, डा सुजातारानी राई,शरद राई हेमा लामा, उर्गेन लामा, जेपी. तामाङ, नन्दन शर्मा, प्रदीप शेर्पा, निरङ्कर थापा, देवराज मुखिया, नमिता राई बल, उत्तमकुमार गुरुङ, सञ्जीव छेत्री, अरुण लामा, शोभा प्रधान, नम्रता बल लामा, पूर्णिमा शर्मा, गोविन्दसिँह घतानी, मीना लामा राई, हरि प्रधान, महेश्वर तामाङ, राधिका मङ्ग्राती, आशा मुखिया लामा, कृष्ण पाण्डे, सजीत खाइबा, ब्रिगेन गुरुङ, सुमन शर्मा, रमेश अग्रवाल, कुमार मङ्ग्राती, सुरेन कटुवाल, वृजकमल राई, जीबी. थापा, कर्णल डीआर. गुरुङ, सुदर्शन प्रधान ‘अम्बटे ‘ आदिमध्ये बिहीवार उपस्थित सदस्यहरूलाई भविष्यमा पनि यस्तै सहयोगको कामना गर्दै खदार्पण गरेर कृतज्ञता व्यक्त गरियो। कार्यक्रममा वरिष्ठ सदस्यहरू क्रमैले तिलक शर्मा, आशा मुखिया लामा, प्रणिता मुखिया घिसिङ, ऋषि राई, रचना अनाकार, उत्तमकुमार गुरुङ, निरङ्कर थापा, प्रितमकुमार छेत्रीले पुस्तकालयको गरिमा बचाइ राख्नको निम्ति विभिन्न सुझावहरू राखे भने युवाहरूमा स्वास्तिका छेत्री र कल्पना छेत्रीले पुस्तकालयको सदस्य हुनु पाएकोमा गर्वबोध गर्दै आउने दिनहरूमा पुस्तकालयका हरेक कार्यक्रमहरूमा सहयोग र सहभागिता जनाउने प्रतिवद्धता प्रकट गरे। खरसाङको खेल संस्कृति प्रसङ्गलाई जोड़्दै स्वास्तिका छेत्रीले खरसाङमा एउटा स्टेडियम आवश्यकतालाई केन्द्र बनाएर आगामी २७ दिसम्बरमा आयोजित हुने जुलुसमा सबैलाई सहभागी हुने आव्हान गरे। सचिव विनोद रसाइलीले आगामी २७ दिसम्बरको दिन पुस्तकालयले स्थानीय गोर्खा जातीय विभूति उद्यानमा कवि अगमसिंह गिरी ९९औँ जन्मजयन्ती श्रद्धाञ्जली कार्यक्रमको रूपमा पालन गर्ने जानकारी गराउँदै उक्त दिन बिहान ९ बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा हुने कार्यक्रम स्थलमा भेला भइदिने सबैलाई आह्वान् गरे। सचिव विनोद रसाइलीले सञ्चालन गरेको यस कार्यक्रममा गरेको कार्यक्रमको अन्त्यमा सभाध्यक्ष कृष्ण पाण्डेले कुर्सीदाताहरू लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गरेका थिए।










