दार्जीलिङ: दार्जीलिङको प्रसिद्ध रेस्टुरेन्ट ग्लेनेरिजको बार माथि लगाएको प्रतिबन्धलाई उच्च न्यायलयको जलपाइगढी सर्किट बेन्चले रोक लगाएको छ। गत ४ दिसम्बर २०२५ को राज्य आबकारी विभागले दार्जीलिङको प्रसिद्ध रेस्टुरेन्ट ग्लेनेरिजको बार,माथि प्रतिबन्ध लगाउँदै मदिराको विक्रीमाथि रोक लगाउँदै बारको मदिरा राख्ने रूममा सील लगाई दिएका थिए।रेस्टुरेन्टमा मदिराको विक्री र मदिरा राख्ने रूममा राज्यको आबकारी विभागले सील लगाएको विषयमाथि रेस्टुरेन्टको पक्षबाट अजय एडवर्डसले कोलकता उच्च न्यायलयको जलपाइगढी सर्किट बेन्चमा गत दिन याचिका दर्ता गरेका थिए।आज उक्त याचिकामाथि माननीय न्यायधिस अमृता सिंहको बेन्चमा सुनवाई भयो।याचिका कर्ता अजय एडवर्डसको पक्षबाट वरिष्ठ अधिवक्ता विकाश रन्जन भट्टाचार्य, समिर अहमद,अम्विया खातून,एशा आचार्य खडा भएका थिए।त्यसरी नै राज्य सरकारको पक्षबाट किशोर दत्त, माननीय एडभोकेट जनरल अमल कुमार सेन, अतिरिक्त एडभोकेट जनरल सुवीर कुमार साहा सरकारी अधिवक्ता, सोमबुद्ध दत्त,बेदश्रुति बोस खडा भएका थिए।दुवै पक्षको तर्क माननीय न्यायधिस अमृता सिंहले सुनेपछि रेस्टुरेन्ट ग्लेनेरिजको बारमा राज्य सरकारको आबकारी विभागले मदिराको विक्रीमाथि लगाएको प्रतिबन्धमाथि रोक लगाउने निर्देश दिएका छन।माननीय न्यायधिस सिंहले आफ्नो निर्देशमा क्रिस्मसको विदा हुने भएकोले सर्किट बेन्चमा यी विषयहरूमाथि सुन्ने पर्याप्त समय नभएको बताएका छन।दार्जीलिङ एक पयर्टन स्थल हो,यहाँ पयर्टकहरू घुम्न आउने गर्छन साथै अहिले क्रिस्मसको समय भएको हुनाले यहाँ जता भावी मदिराको विक्रीमाथि रोक लगाएको छ।ग्लेनेरिज एक प्रसिद्ध रेस्टुरेन्ट हो,यो विगत १५० बर्षदेखि संचालनमा छ साथै पयर्टकहरूको निम्ति लोकप्रिय पनि रहेको छ।राज्य सरकारको आबकारी विभागले ग्लेनेरिजमा बेकरी, खानपानको सेवा मात्र सामान्य रूपमा संचालन भई रहेको छ।बार र लाइभ ब्याण्ड निलम्बन गरेको छ।माननीय न्यायधिसले दुवै पक्षको कुरा सुनेपछि १२ जनवरी २०२६ सम्म राज्य सरकारले बार र मदिराको विक्रीमाथि लगाएको प्रतिबन्धलाई रोक लगाएको छ अनि ५ जनवरी २०२६ देखि सर्किट बेन्च पूनः संचालनमा आएपछि यस मुद्दाको तुरून्तै सुनवाई कार्य गरिने बताएका छन्।जारी गरेको निर्देशमा आज २४ दिसम्बर २०२५ को साँझ ५ बजेदेखि ग्लेनेरिज रेस्टुरेन्टको बार पूनःचालु रहने बताएको छ।यो कुरा अजय एडवर्डसको अधिवक्ता समिर अहमदले पनि जानकारी गराएका छन्।










