गान्ताेक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरूलाई क्रिसमसको हार्दिक शुभकामना व्यक्त गर्दै समाजमा एकता, सद्भाव र भाइचाराको भावनालाई अझ सुदृढ़ बनाउन आह्वान गरेका छन्।
राज्यपालले क्रिसमसको पूर्वसन्ध्यामा जारी आफ्नो सन्देशमा भने, “म सिक्किमका सबै नागरिकहरू, विशेषरूपमा इसाई समुदायलाई क्रिसमसको हार्दिक शुभकामना व्यक्त गर्दछु। प्रभु यीशु मसीहको जीवन प्रेम, करुणा, सहनशीलता र समर्पणको प्रतीक हो। उहाँको सन्देशले मानवतालाई सदैव सत्य, भलाई र सेवाको मार्गमा हिँड्न प्रेरणा दिन्छ।”
उहाँले थपे, प्रभु यीशुले दिएका आदर्शहरूलाई आफ्नो आचरण र व्यवहारमा उतार्न तथा समाजमा एकता, सद्भाव र भाइचाराको भावनालाई अझ सुदृढ़ बनाउन सबैमा आह्वान गरिएको छ।
राज्यपालको यस सन्देशले सिक्किमवासीलाइ क्रिसमसको पवित्र पर्वमा सकारात्मक मूल्य, सहिष्णुता र समुदायिक सद्भाव अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।










