नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका उपकप्तान हार्दिक सिंहलाई यस सालको मेजर ध्यानचन्द खेल रत्न पुरस्कारको निम्ति चयन समितिले नामित गरेको छ। यसरी युवा चेस खेलाड़ी दिव्या देशमुख र डेकाथलन एथलीट तेजस्विनी शंकरसहित २४ जना खेलाड़ीहरूलाई अर्जुन पुरस्कारको निम्ति चयन गरिएको छ। २७ वर्षीय हार्दिक सिंह भारतीय हकी टीममा निर्भरयोग्य मीडफिल्डर रहेका छन्। उनी २०२१-मा टोक्यो अनि २०२४-मा पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने भारतीय टीमका हिस्सा रहेका छन्। यसबाहेक उनले यस साल एशिया कपमा स्वर्ण पदक जित्ने भारतीय टीममा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस साल अझ एउटा ऐतिहासिक फसेला गर्दै चयन समितिले योगासन खेलाड़ी आरती पाललाई अर्जुन पुरस्कारको निम्ति नामित गरेको छ। अर्जुन पुरस्कारको निम्ति चयन गरिएको अन्य प्रमुख नामहरूमा चेस खेलाड़ी विदित गुजराती, एशियाई खेल २०२३-का रजत पदक विजेता तेजस्विनी शंकर, शूटर मेहुली घोष र जिम्नास्ट प्रणति नायकको साथमा भारतकी शीर्ष महिला ब्याडमिण्टन जोड़ी त्रिसा जली र गायत्री गोपीचन्द सामेल छन्। अर्जुन पुरस्कारको सूचीमा यसपाली कुनै क्रिकेटरलाई सामेल गरिएको छैन। खेल रत्न देशको सर्वोच्च खेल सम्मान हो, जसमा पदक, प्रशस्ति पत्र र २५ लाख रुपियाँको नगद राशि दिइन्छ। यसरी अर्जुन पुरस्कारमा १५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिन्छ। गत वर्ष खेल रत्न सम्मान डी. गुकेश, हरमनप्रीत सिंह, प्रवीण कुमा र मनु भाकरलाई प्रदान गरिएको थियो।
राष्ट्रिय खेल पुरस्कार २०२५-को निम्ति सिफारिशहरूः
मेजर ध्यानचन्द खेल रत्नः हार्दिक सिंह (हकी)
अर्जुन पुरस्कारः तेजस्विनी शंकर (एथलेटिक्स), प्रयंका (एथलेटिक्स), नरेन्द्र (बक्सिंग), विदित गुजराथी (चेस), दिव्या देशमुख (चेस), धनुष श्रीकान्त (डेफ शूटिंग), प्रणति नायक (जिम्नास्टिक), राजकुमार पाल (हकी), सुरजीत (कबड्डी), निर्मला भाटी (खो-खो), रुद्रांक्ष खण्डेलवाल (प्यारा शूटिंग), एकता भान (प्यारा एथलेटिक्स), पद्मनाभ सिंह (पोलो), अरविन्द सिंह (रोइंग), अखिल शेरोन (शूटिंग), मेहली घोष (शूटिंग), सुतीर्था मुखर्जी (टेबल टेनिस), सोनम मलिक (कुश्ती), आरती (योगासन), त्रिसा जली (ब्याडमिण्टन), गायत्री गोपीचन्द (ब्याडमिण्टन), लालरेम्सियामी (हकी), मोहम्मद अफसल (एथलेटिक्स) र पूजा (कबड्डी)।









