राँची: वैभव सूर्यवंशीले भारतीय सीनियर टीमको दैलो फेरि एकपल्ट ढकढकाएका छन्। केवल १४ सालको उमेरमा वैभवले विजय हजारे ट्रफी घरेलु वनडे टुर्नामेण्टमा विध्वंशी ईनिंग्स खेलेर प्रशंसकहरूलाई स्तब्ध बनाए। बुधवार विराट कोहली र रोहित शर्मा जस्ता दिग्गज लामो समयपछि घरेलु क्रिकेटमा फर्किए पनि वैभवको ईनिंग्स दिनको मुख्य आकर्षण रह्यो। बिहारका तर्फबाट खेल्दै यस युवा ओपनिंग ब्याटरले केवल ३६ बलमा शतक पूरा गरे, जुन लिस्ट ए क्रिकेट (वनडे)-मा कुनै पनि भारतीय ब्याटरको दोस्रो सबैभन्दा तेज शतक हो। अण्डर-१९ एशिया कपको फाइनलमा पाकिस्तानविरुद्ध १० बलमा केवल २६ रन बनाएपछि आलोचनाको शिकार बन्ने वैभवले आफ्नो उत्कृष्ट ब्याटिंगद्वारा आलोचकहरूलाई जवाफ दिएका छन्। आज उनले विपक्षी टीम अरुणाचल प्रदेशका बलरहरूलाई भरपूर शास्ती दिए। राँचीमा खेलिएको म्याचमा बिहारले टस जितेर पहिला ब्याटिंग गर्ने फसेला लियो अनि वैभवले शुरुदेखि नै आक्रामक मिजासमा ब्याटिंग गरे। उनले केवल ३६ बलमा शतक पूरा गरे अनि अन्तमा १९० रन बनाएर आउट भए। उनले ८४ बल खेलेर १६ वटा चौका र १५ वटा छक्का लगाए। यस अवधि उनको स्ट्राईक रेट २२६.१९-को रह्यो। यो वैभवको गत १० वटा म्याचमा तेस्रो शतक हो। यसअघि उनले अण्डर-१९ एशिया कपको म्याचमा पनि यूएई-विरुद्ध ९५ बलमा १७१ रन बनाएका थिए। त्यस समय उनले १४ वटा छक्का र ९ वटा चौका लगाएका थिए। लिस्ट ए क्रिकेटमा भारतको निम्ति सबैभन्दा तेज शतकको रेकर्ड अनमोलप्रीत सिंहको नाममा रहेको छ, जसले पञ्जाबबाट खेल्दै २०२४-मा केवल ३५ बलमा शतक बनाएका थिए। यसरी यूसुफ पठानले ४० बल, उर्विल पटेलले ४१ बल र अभिषेक शर्माले ४२ बलमा शतक बनाइसकेका छन्। वैभवले आज लगाएको १५ वटा छक्का टुर्नामेण्टको इतिहासमा संयुक्त रूपले सर्वाधिक छक्का हो। यसअघि २०२२-मा नारायण जगदीशनले पनि अरुणाचल प्रदेशविरुद्ध नै १५ वटा छक्का लगाएका थिए। समग्रमा वैभवको यो लिस्ट ए क्रिकेटमा तेस्रो शतक हो।









