अनौठो तरिकाले अष्ट्रेलियन ओपनको निम्ति तयारी शुरु गरे नोवाक जोकोविचले

IMG-20251224-WA0000

माल्टा: एटीपी टूरका दिग्गज नोवाक जोकोविचले अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्ट २०२६-को तयारीको निम्ति आफ्नो अफ् सीजनमा एकजना नयाँ अनि अप्रत्याशित ट्रेनिंग पार्टनरसँग अभ्यास शुरु गरेका छन्। सर्बियाका ३६ वर्षीय दिग्गज खेलाड़ी अहिले आफ्नो करियरको अन्तिम चरणमा रहे पनि लगातार शीर्षमा कायम रहने प्रयासमा छन्। जोकोविचले २३ वर्षीय फ्रेञ्च खेलाड़ी अर्थर काजाक्ससँग ट्रेनिंग शुरु गरेका छन्। काजाक्सले इन्स्टाग्राममा लेखेका छन्, तीन असाधारण दिन, ट्रेनिंग, सिक्ने र महान जोकोविचससँग अनुभव साझा गर्ने अवसर प्राप्त भयो। धेरै आभारी छु। काजाक्स अहिले टूरमा अपेक्षाकृत नयाँ खेलाड़ी भएको हुनाले यस साझेदारीले टेनिसका दिग्गजहरू पनि अचम्भित छन्। काजाक्सले २०२५-मा आफ्नो करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग ५८ हासिल गरेका थिए। उनले किट्जबुहेल एटीपी फाइनलमा खेल्दै केही शीर्ष खेलाड़ीहरूलाई पराजित गर्नको साथै अष्ट्रेलियन ओपन र विम्बल्डनमा २ वटा जीत हासिल गरेका थिए। यस प्रदर्शनले नै उनलाई जोकोविचको निम्ति एक आकर्षक ट्रेनिंग पार्टनर बनायो।
यो साझेदारी दुवै खेलाड़ीको निम्ति लाभकारी साबित भइरहेको छ। ट्रेनिंगमा जोकोविच जहाँ आफ्नो खेलमा अझ निखार ल्याउनमा ध्यान दिइरहेका छन् त्यहीँ काजाक्सलाई उच्चतम स्तरको तयारी, अनुशासन र मानसिकता सिक्ने अवसर प्राप्त भइरहेको छ। जोकोविच जस्ता खेलाड़ीसँग अभ्यास गरर्दा काजाक्सलाई तक्निक र रणनीतिलाई बुझ्ने मूल्यवान अनुभव हासिल हुनेछ, जुन उनको करियरको निम्ति महत्त्वपूर्ण हुनेछ। जोकोविचको नजर अहिले अष्ट्रेलियन ओपनमा रहेको छ, जहाँ उनी रेकर्ड २५औं ग्राण्ड स्ल्याम जित्न चाहन्छन्। एडिलेड इण्टरनेशनल टुर्नामेण्ट उनको निम्ति सालको पहिलो ग्राण्ड स्ल्याम अघि तयारीको महत्त्वपूर्ण हिस्सा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement