भारत यात्राको निम्ति न्यूजील्याण्ड क्रिकेट टीमको घोषणा, केन विलियम्सनलाई विश्राम

IMG-20251224-WA0002

वेलिंगटन: जनवरी २०२६-मा भारत यात्रामा आउने न्यूजील्याण्ड टीमको घोषणा गरियो। न्यूजील्याण्डले भारतमा ३ वटा वनडे र ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेल्नेछ। सीमित ओभरहरूका सीरीजको निम्ति टीममा केही बद्लाउ देखिएको छ कारण स्टार ब्याटर केन विलियम्सनलाई विश्राम दिइएको छ। यसको साथै टीममा ४ जना अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा नखेल्ने) खेलाड़ीलाई सामेल गरेर न्यूजील्याण्डले युवा प्रतिभाहरूलाई मौका दिएको छ, जसले यस यात्रालाई अझ रोमाञ्चक बनाउनेछ। न्यूजील्याण्डले अनक्याप्ड देब्रे हातका स्पिनर जेडन लेनक्सलाई पहिलोपल्ट राष्ट्रिय टीममा सामेल गरेको छ। यसबाहेक क्रिस्टियन क्लार्क, आदी अशोक, जोश क्लार्कसन र निक केलीलाई पनि पहिलोपल्ट टीममा स्थान प्राप्त भएको छ। हालै टेस्ट पदार्पण गर्ने माइकल रे-लाई पनि टीममा सामेल गरिएको छ।
न्यूजील्याण्डका दिग्गज ब्याटर विलियम्सनले भारतविरुद्ध आउँदो सीरीजमा हिस्सा लिनेछैनन्। वास्तवमा उनी एसए२० लीगमा आफ्नो प्रतिबद्धताहरूले गर्दा उपलब्ध रहनेछैनन्। मुख्य प्रशिक्षक रब वाल्टरले भने, केन दक्षिण अफ्रिकामा रहनेछन्। यसैकारण उनलाई टीममा चयन गरिएन। यसबाहेक जेडन लेनक्सको प्रदर्शनमाथि टीम म्यानेजमेण्टको लामो समयदेखि नजर रहेको थियो। उनले घरेलु सेतो बलको क्रिकेटमा निरन्तर असल प्रदर्शन गरेका छन्। यसबीच चोटले गर्दा नाथन स्मिथ, ब्लेयर टिकनर र मार्क चापम्यानलाई वनडे टीममा चयन गरिएन। चापम्यान टी२० सीरीजसम्म चाहिँ फिट हुने आशा रहेको छ। बेन सियर्स पनि अहिले पुनर्वासमा रहेका छन्। यसैकारण उनलाई पनि टीममा सामेल गरिएन। भारत र न्यूजील्याण्डबीच वनडे सीरीज ११ जनवरीदेखि शुरु हुनेछ। दोस्रो र तेस्रो वनडे म्याच क्रमशः १४ र १७ जनवरीमा खेलिनेछ। त्यसपछि २० जनवरीदेखि टी२० सीरीज शुरु हुनेछ, जुन २८ जनवरीसम्म चल्नेछ।
भारतविरुद्ध वनडे सीरीजको निम्ति न्यूजील्याण्डको टीम यसप्रकार छः
माइकल ब्रेसवेल (कप्तान), आदी अशोक, क्रिस्टियन क्लार्क, जोश क्लार्कसन, डेवोन कन्वे (विकेटकीपर), ज्याक फोक्स, मिच हे, काइल जेमिसन, निक केली, जेडन लेनक्स, डेरिल मिचेल, हेनली निकोल्स, ग्लेन फिलिप्स, माइकल रे, विल यंग।
भारतविरुद्ध टी२० सीरीजको निम्ति न्यूजील्याण्डको टीम यसप्रकार छः
मिचेल सेण्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क चापम्यान, डेवोन कन्वे (विकेटकीपर), जेकब डफी, ज्याक फोक्स, मेट हेनरी, काइल जेमिसन, बेवन जेकब्स, डेरिल मिचेल, जेम्स नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, टिम रबिन्सन, ईश सोढ़ी।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement