सिमुलबारी गोल्ड कपः आर्मी रेड फाइनलमा स्थान बनाउन सफल

IMG-20251224-WA0050

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा आर्मी रेड (बेंगलुरु)-ले फाइनलमा स्थान बनायो। मंगलवार सिमुलबारी खेल मैदानमा भएको चरम रोमाञ्चक दोस्रो सेमिफाइनल म्याचमा आर्मी रेडले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा फ्रेंकोले युनाइटेड दार्जीलिङलाई ५५औं मिनटमा बढ़त दिलाए। त्यसपछि रक्षा पंक्तिका खेलाड़ी विष्णुले ९०औं मिनटमा गोल गरी आर्मी रेडलाई १-१-को बराबरीमा पुऱ्याए। विष्णुलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब आइतवार (२८ दिसम्बर) खेलिने फाइनल म्याचमा आर्मी रेड र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement