नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा भएको भयानक सडक दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट दुई/दुई लाख रुपियाँ र घाइतेलाई ५० हजार रुपियाँ दिने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालयद्वारा यसरी ट्विट गरिएको छ, ‘उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको सडक दुर्घटनाबाट दु:खित छु। शोक सन्तप्त परिवारमा समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। पीएमएनआरएफले प्रत्येक मृतकका आफन्तहरूलाई २ लाख रुपियाँ र घाइतेहरूलाई ५० हजार रुपियाँ दिनेछ: प्रधानमन्त्री @narendramodi’l –पीआईबी
Distressed by the accident in Lakhimpur Kheri, UP. Condolences to the bereaved families. May the injured recover quickly. Rs. 2 lakh from PMNRF would be given to the next of kin of each deceased. The injured would be given Rs. 50,000: PM @narendramodi
— PMO India (@PMOIndia) September 28, 2022