इस्लामावाद: अमेरिका भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी भारतले पाकिस्तानी नागरिकलाई बाढी राहत सहयोग नगरेकोमा आक्रोशित देखिन्छन्। पाकिस्तानी विदेशमन्त्रीले मोदीविरुद्ध विषाक्त अभिव्यक्ति दिएका छन्। अमेरिकाले भारतसँग सम्बन्ध सुधार्न सल्लाह दिएपछि बिलावलले एक कार्यक्रममा भनेका थिए, ‘भारत अब २०१० साल होइन, यो भन्दा धेरै फरक । प्रधानमन्त्री मोदी मनमोहन सिंह वा प्रधानमन्त्री अटल बिहारी वाजपेयी जस्तो होइनन्। गुजरात दंगापछि अमेरिकाले मोदीलाई भिसा समेत दिएनl’ एफ-१६ बारे सोधिएको प्रश्नको जवाफमा बिलावलले भने, ‘यो एकदमै अलग भारत हो, मोदी मनमोहन सिंह या यहाँसम्म कि वाजपेयी पनि छैनन्l’ उनले प्रधानमन्त्री नहुँदासम्म गुजरात दंगाका कारण अमेरिकाले भारतीय नेतालाई भिसासमेत नदिएको भन्दै आफू अमेरिका आउन नसकेको बताए। ‘हामी भारतसँग व्यवस्थित र जिम्मेवार सम्बन्ध निर्माण गर्न चाहन्छौं’, बिलावलले भने। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पाकिस्तानलाई भारतसँगको सम्बन्ध सुदृढ गर्न खुलेरै आग्रह गरेका थिए।