भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जंगपाना चियाबारी तल्लो गाउँ शाखा कमिटी गठन

IMG-20251223-WA0086

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत जंगपाना चियाबारीको तल्लो गाउँमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा हेमकुमार देवानको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सह सचिव रुम्तम गुरुङ, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको उप सभापति सन्तोष गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले सम्बोधन गर्दै पार्टीको सांगठनिक गतिविधि र भावी योजनाहरु विषयमा छलफल गरेका थिए। उनले चियाबारी विषयमा पनि आफ्नो वक्तव्य राखेका थिए। यसै सभामा पार्टीलाई सुदुरीकरणको लागि जंगपाना तल्लो गाउँको पुरानो कमिटी विघटन गरी नयाँ शाखा समिति गठन गरिएको छ। उक्त नयाँ शाखा समितिमा सभापति पावन गुरुङ, उप सभापति दिनेश राई, अन्जिव राई, सचिव मन्दिप देवान, सह सचिव प्रेम गुरुङ र देवराज तामाङ, कोषाध्यक्ष सन्तोष गुरुङ, सह कोषाध्यक्ष जनम तामाङ, प्रचार प्रसार सचिव अविनाश गुरुङ, प्रमुख सल्लाहकारमा दिनेश तामाङ, हेमकुमार देवान, प्रवीण गुरुङ, सुदेश देवान लगायत ७ जना कार्यकारी सदस्यहरु चयन गरिएको छ।

About Author

Advertisement