हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत घैयाबारीमा स्ट्रिट लाइट लगाउने कार्य शुरु

IMG-20251223-WA0084

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५७ मा ‘हाम्रो गाउँ हाम्रो समाधान’ मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी हाम्रो गाउँ हाम्रो समाधानमार्फत् प्रत्येक बुथमा १० लाख बराबरको विभिन्न विकासमूलक कार्यहरु भईरहेको छ। यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५७ को लोवर गैरी गाउँ र उदय संघ गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको छ। उक्त कार्यमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, २५७ बुथको सभापति नरेन राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्य अन्तर्गत लोवर गैरी गाउँ र उदय संघमा नै स्ट्रिट लाइट लगाउने कार्य सम्पन्न गरिने भएको छ। हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत स्ट्रिट लाइटु लगाउने कार्य शुरु भएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म, २५७ बुथको सभापति नरेन राई र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले विस्तृत रुपमा जानकारी गराएका छन्। तीनजनाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार प्रत्येक बुथमा हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत १० लाख रुपियाँको विकासको कार्य भईरहेको र यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको लोवर गैरी गाउँ र उदय संघमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको जानकारी गराएका छन्।‌ तीनैजनाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको र यसको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए‌ प्रमुख अनित थापा र घैयाबारी ग्राम पञ्चायत तीनप्रति गाउँलेहरुको पक्षबाट आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement