घैयाबारी ग्राम पञ्चायत तीनमा स्वच्छ भारत मिशन ग्रामीण फेस दुईको प्रशिक्षण कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा स्वच्छ भारत मिशन ग्रामीण फेस दुईको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने घैयाबारी मानेडाँड़ास्थित सार्वजनिक भवनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद नवराज छेत्री अनि विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत तीनको ईए अर्पण छेत्री, घैयाबारी स्वास्थ्य केन्द्रको एएनएम बबिता दर्नाल, नेताजी हाई स्कूल घैयाबारीको प्रधान अध्यापक दिनेश प्रधान, नेताजी प्राथमिक पाठशालाको प्रधान अध्यापक बिजय गुरुङ लगायत आशाकर्मीहरू, स्वनिर्भर दलहरू आँगनबाड़ीकर्मीहरू, विभिन्न संघ संस्थाहरू र समामाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

पञ्चायतकर्मी सतीस बरदेवाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पञ्चायतको ईए अर्पण छेत्रीले राखेका थिए। त्यसरी नै कार्यक्रममा पञ्चायत सचिव युवराज सुनारले उपस्थितहरूलाई सचेतना ट्रेनिङ गराएका थिए। त्यसरी नै सुकना ग्राम पञ्चायतको सचिव उदय कार्कीले सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत कुहुने र नहुने विषयमा ट्रेनिङ दिएका थिए। पाण्डु ग्राम पञ्चायतको सचिव सागरराज छेत्रीले सूचना अनि शिक्षा विषयमा जानकारी गराएका थिए भने सन्त मेरिज ग्राम पञ्चायत तीनको सचिव प्रभात गजमेरले लिक्विट वाटर विषयमा प्रशिक्षण गराएका थिए। त्यसरी नै जिल्ला प्रशिक्षक नवराज राईले प्लास्टिक म्यानेजमेन्ट विषयमा अनि आँगनबाड़ी सुपर भाइजर डोमा यल्मोले महिला स्वस्थ्य अनि महिलाहरूमा हुने मासिक धर्म विषयमा जानकारी दिन्दै प्रशिक्षण दिएका थिए।

यस कार्यक्रम विषयमा घैयाबारी ग्राम पञ्चायत तीनको सचिव युवराज सुनारले स्वच्छ भारत मिशन ग्रामीण फेस दुई विषयमा पहाड़भरि नै यस्तो कार्यक्रमहरू भईरहेको र खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा आज घैयाबारी ग्राम पञ्चायत तीनमा सम्पन्न भएको बताएका छन्। उनले यो कार्यक्रम सफल भएर राम्रो प्रकारले सकरात्मक परिणाम आउँछ भनी आशा राखेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement