गोर्खा जातिको समस्या समाधानार्थ पंकज सिहंलाई भेट्ने निवेदन

IMG-20251222-WA0098

मिरिक: जीटीएका पूर्व अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेका छन्, जसमा उल्लेख गरिएको छ- गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा निर्वाचित तथा विपक्षीमा रहेका आठजना सभासदहरूले भारत सरकारद्वारा दार्जीलिङ पहाड़ , सिलगढी तराई, डुवर्स अनि गोर्खा जातिको दीर्घकालिन समस्याहरूका समाधानार्थ मनोनीत मध्यस्थकर्ता (इंटरलोक्यूटर) अवकाशप्राप्त आईपीएस° पंकज कुमार सिंहलाई १८ दिसम्बर,२०२५ को दिन पत्रचार गरेका छन्। उक्त पत्रको प्रतिलिपि दार्जीलिङका सांसद राजु विष्ट अनि पश्चिम बङ्गाल सरकारका मुख्य सचिव डा. मनोज पन्त, आईए एस° लाई पनि पठाएका छन्।
पत्रमा केन्द्र सरकारद्वारा मनोनीत मध्यस्थकर्ताको नियुक्तिलाई स्वागत जनाउॅदै दार्जीलिङ पहाड़को निर्वाचित जनप्रतिनिधिको हैसियतमा दार्जीलिङ पहाड़ सिलगढी तराई अनि डुवर्स लगायत गोर्खा जातिको दीर्घकालिन समस्याहरूको समाधानका बाटो निकाल्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका निर्वाचित विपक्षी सभासदहरूले मध्यस्थकर्ता पंकज कुमार सिहंलाई क्षेत्रको भ्रमण अवधि भेट गर्नको साथै दिल्लीमा उनीसित वार्ता गर्नको निम्ति विन्ती गरेका छन्। पत्रचार गर्ने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका विपक्षी सभासद क्रमैले विनय तामाङ, अजय लुकस एडवर्ड, पाल्देन तामाङ, रूबेनदास प्रधान, जितेन राई , रबर्ट छेत्री, प्रतिम सुब्बा अनि सन्नी तामाङ रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement