दीप प्रज्ज्वलन र झण्डा उत्तोलन गरेर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले स्थापना दिवस पालन

IMG-20251222-WA0106

दार्जिलिङ: दीप प्रज्ज्वलन र झण्डा उत्तोलन गरेर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले स्थापना दिवस पालन गरेको छ। अब भोलि मंगलवार जीडीएनएस भवनमा सामान्य रूपमा स्थापना दिवस पालन गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एनबी खवासले भने, हामीले पार्टीको झण्डा उत्तोलन गरेर दोस्रो स्थापना दिवस पालन गर्यौं। गत वर्ष २२ दिसम्बरको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्टको गठन भएको हो। आज २२ दिसम्बरको दिन हामीले पार्टीको स्थापना दिवस पालन गर्ने अघिबाटै तय गरेका थियौं तर पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस्सकाे विशेष काम परेको हुनाले आज दीप जलन र पार्टीको झण्डा उत्तोलन गर्ने पार्टीले अघिबाटै निर्णय लिएको हुनाले पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व आईपीएस अधिकारी नर्बु छिरिङको बाहुलीबाट पार्टी केन्द्रीय कार्यलयमा दीप जलन र पार्टीको झण्डा उत्तोलन गर्ने कार्य गरियो। भोलि मंगलबार शहरको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा पार्टीको दोस्रो स्थापना दिवस सामान्य रूपमा पालन गर्ने पार्टीले तय गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement