सिमुलबारी गोल्ड कपः रोमाञ्चक जीत हासिल गरी फाइनलमा पुग्न सफल डीएसए

Screenshot_20251222_225731_FotoCollage Maker

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले फाइनलमा स्थान बनायो। सोमवार सिमुलबारी खेल मैदानमा भएको चरम रोमाञ्चक पहिलो सेमिफाइनल म्याचमा डीएसए-ले तरुञ्जाबारी फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ११-१०-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा बीरेन प्रधानले तरुञ्जाबारी एफसी-लाई ५५औं मिनटमा बढ़त दिलाए। त्यसपछि आदित्य थापाले ६७औं मिनटमा गोल गरी डीएसए-लाई १-१ को बराबरीमा पुऱ्याए। विजेता टीमका फरवर्ड हेमराज भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङ र आर्मी रेडबीच भिड़न्त हुनेछ। फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement