खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले दार्जिलिङ सिक्किम एकीकरण मञ्चमा सामेल भएको खबरलाई खण्डन गरेका छन्। उनले एउटा दैनिक समाचार पत्रमा आफु दार्जिलिङ सिक्किम एकीकरण मञ्चमा सामेल भएको खबर सठीक नरहेको बताएका छन्। उनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर आफु धर्म गुरु भएकोले कुनै पनि राजनैतिक पार्टीले बोलाएको खण्डमा जान्छु र दार्जिलिङ सिक्किम एकीकरण मञ्चले पनि बोलाएको कारणले भेटघाट गर्न गएको र दार्जिलिङ सिक्किम एकीकरण विषयमा चर्चा परिचर्चा गरिएको तर पार्टीमा सामेल भने नभएको बताएका छन्। उनले यस विषयमा भने, म सबै पार्टीलाई सम्मान गर्छु अनि म सबै पार्टीसित राम्रो छु तर कुनै पनि पार्टीमा सामेल भएको होइन। जनताको हितमा गर्न र पहाड़को सुरक्षाको लागि कार्य गर्नु हो भने भविष्यमा कुनै पनि राजनैतिक पार्टीले बोलाउँछ भने म पक्का सामेल हुनेछु तर जनताको हितमा काम गर्न र जातीय हितको लागि भनी बताउँदै कुनै पनि पार्टीले मलाई सल्लाह र सुझाव माग्छ भने म दिनलाई तयार छु भनी बताएका छन्। तर कुनै पनि पार्टीले जनतालाई दु:ख दिन्छ भनी म त्यो पार्टीलाई आलोचना गर्न तयार भनी बताएका छन्।