भागोप्रमोको ट्रेड युनियन र नरबुङ चियाबारीको प्रबन्धन पक्षमाझ सभा सम्पन्न

IMG-20251222-WA0123

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाको निर्देशनमा नरबुङ चियाबारी युनिटले बगानको प्रबन्धन पक्षसित भेट गरेर सभा गरेका छन्। यस क्रममा समष्टिको संयोजक राजेस थापाको निर्देशनमा नरबुङ चियाबारी युनिटको सभापति विकास गुरुङको अगुवाईमा बगानको प्रबन्धन पक्षसित सभा सम्पन्न भएको छ‌। यस सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नरबुङ बुथ कमिटीको सभापति प्रणय देवानको विशेष उपस्थिति रहेको थियो। उक्त सभामा नरबुङ चियाबारी युनिट र बगानको प्रबन्धन पक्षसित आगामी २६ दिसम्बरसित बगानमा दाउराको पैसा दिने कुरामा सहमति भएको छ भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement