तीनधारेमा एक छ्या ञ्युङ्नेको समापन कार्यक्रम

IMG-20251222-WA0124

खरसाङ: तीनधारेको राजबारीस्थित साम्तेन छ्योलिङ म्हाणी ल्हाखाङमा एक छ्या ञ्युङ्नेको समापन कार्यक्रम (वाङमा) आमन्त्रित धर्म गुरु लामा ल्हाक्पा बम्जन तामाङ म्हेमेको हातबाट वाङ वितरण गरियो। उक्त ञ्युङ्नेको समापन कार्यक्रममा भाग लिने कतिपय ञ्युङ्नेपाहरुले आफ्ना अनुभवहरु वक्तव्यमा जाहेर पनि गरे साथै म्हाणीपा संघका सदस्य छ्वाङ बम्जनले आर्थिक अनि शारीरिक रुपले सहयोग गरिदिने सबै मानिसहरूलाई धन्यवाद दिएका छन्। यसको साथै संघका कोषाध्यक्षा शान्ति योञ्जन तामाङले पनि आफ्नो वक्तव्यमा यसपाली साना साना नानीहरूले भाग लिएकोमा खुशी व्यक्त गर्दै आउने दिनहरूमा पनि यसरी नै धर्मको कार्यमा रुचि राख्दै अघि बढ्ने सुझाव दिँदै सबैलाई उनले पनि धन्यवाद दिएकी छन् भनी म्हाणीपा संघ तीनधारेको सदस्य दावा रिन्छेन तामाङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement