खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, टुंग सन्तमेरिज समष्टिको आयोजनामा गोराबारी सार्वजनिक भवनमा समष्टि सभापति एंव सभासद नुरी शेर्पाको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा संगठनलाई सुढीकरणको निम्ति ब्लक स्तरीय कमिटी गठन हेतु चारवटा ब्लकमा संयोजकहरू गरिएको छ। यसमा क्रमैले सन्तमेरिज ग्राम पञ्चायत एकबाट रोशन हाङ सुब्बा अनि बसन्त कुलुङ राई, सन्तमेरिज ग्राम पञ्चायत दुइबाट बिपन भुजेल अनि सञ्जीप सुब्बा, मार्गरेट्सहोप- बालसनबाट रबीन राई अनि निलेन धमाल, गोराबारी आठमाइलबाट योवन थापा अनि रश्मी राई अनि भूतपूर्व सैनिक संगठनबाट फुर्बा शेर्पालाई नियुक्ति गरियो। सभालाई सभाध्यक्ष तथा समष्टि सभापति नुरी शेर्पा, समष्टि महासचिव दिपेश तामाङ, युवा शक्ति सभापति रोशन हाङ सुब्बा, श्रमिक संगठन जोनल सभापति बसन्त कुलुङ राईले सम्बोधन गरेका थिए भने सभामा समष्टि संगठनिक सचिव बिपन भुजेल अनि निलेन धमाल, प्रमुख सल्लाहकार दिलिप गजमेर, युवा शक्ति महासचिव सदेव तामाङ, माध्यमिक शिक्षक संगठन सभापति दिपेश तामाङ, जोनल महासचिव मुकुन्द्र बम्जन, नारी शक्ति समष्टि संयोजक कनिशा तामाङ लगायत समिति कर्मअध्यक्ष, समिति सदस्य, पञ्चायत सदस्य, समष्टि सदस्य, शाखा प्रशाखा सभापति सचिव अनि प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो भने सभाको सञ्चालन समष्टि उपाध्यक्ष रबिन राईले गरेका थिए।











