अल क्रिस्चियन माइनोरेटी अर्गनाइजेशनको आयोजनामा रक्तदान शिविर सम्पन्न

खरसाङ: अल क्रिस्चियन माइनोरेटी अर्गनाइजेशन खरसाङ खण्ड अनि केन्द्रिय समितिको संयुक्त आयोजनामा आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा एक मेघा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरलाई मुख्य रूपले भारतीय रेडक्रस सोसाइटी,खरसाङ अनि ब्लड बैंकको पूर्ण सहयोग र सहभागिता रहेको थियो। जीटीएका कार्यकारि सभासद् श्याम शेर्पा, संगठनका चियरमेन श्यामुएल बाग, खरसाङ थाना आईसी, भारतीय रेडक्रस सोसाइटी,खरसाङका सचिव विजयसिंह सिन्चुरी लगायत अन्यहरू मुख्य एवं प्रमुख अतिथिको रूपमा रहेको उक्त शिविरको आरम्भ संगठनको भाइस चेयरमेन बेंजामिन आलेको प्रार्थना अनि संगठनका युवाहरूद्वारा गठित जोय ब्याण्ड टोलीको भजनबाट गरियो। उक्त शिविरमा मोठ साट्ठी जना रक्तदाताहरूले स्वइच्छापूर्वक रक्तदान गरे। यस शिविरलाई सफल पार्न सहयोग गर्ने सबैप्रति संगठनको पक्षबाट आभार प्रकट गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement