खरसाङ: जीटीए चिफ् अनित थापाको सहयोग अनि सभासद श्याम शेर्पा र गाउँलेहरुकाे पहलमा खरसाङको कटलेरी रोडकाे पूलकाे निर्माण कार्य शुरु गरिएको छ। वार्ड नम्बर 3 अन्तर्गत कटलेरी रोड सन्त अल्फनसेस प्राईमेरी स्कूल छेउको पूल क्षति भएकाेले गाडीहरुकाे यतायत बन्द भएको थियो। उक्त बाटो भएर सन्त जोसेफ प्राईमेरी स्कु्ूल, वार्ड नम्बर २, ३ र ४ काे वासिन्दाहरु साथै डाउहिल रोड र राष्ट्रिय राजमार्ग जोड्ने यो एउटा महत्त्वपूर्ण रोड रहेकोले यस रोडकाे पूल क्षति हुँदा धेरैलाई यसकाे असर परेको छ र असुविधा भएको छ। आज २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पाद्वारा सिँचाई विभागका अभियान्ताहरु जितु दर्नाल सह अभियान्ता सुनिता लामा, नर्बु शेर्पा अनि अन्य कर्मचारीहरु लिएर कार्य निरीक्षण गरेका छन्।
सभासद् श्याम शेर्पाले जानकारी गराए अनुसार ब्रिटिशकालमा नै निर्मित यो पूलले उक्त क्षेत्रकाे मानिसहरुलाई धेरै सुविधा भएको थियो र आउजाउ गर्नु पनि सजिलो थियो। तर विगत वर्षदेखि उक्त क्षेत्रमा पैह्रो गएकाे र पूल पनि धेरै पुरानो भएकोले भत्केर क्षति हुनु शुरु भएको थियो र उक्त पूल माथि गाडी कुदाउनु धेरै खतरा भएकाे थियो। यसैले यस रोडमा गाडी कुदाउनु बन्द गरिएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड नम्बर ३ काे प्रतिनिधिहरुले लगातर प्रयास गरिरहेको थियो साथै सभासद श्याम शेर्पाले पनि विभागीय पहलको निरन्तरता दिँदै यस कार्यकाे लागि जीटीए चिफ् अनित थापाले स्वीकृति गरिदिएकोले कार्य शुरुआत भएको छ। आज सभासद श्याम शेर्पासित वार्ड नम्बर ३ काे सभापति प्रणीत, सदस्य अशोक लामा, नारी शक्ति वार्ड नम्बर ३ काे को-अर्डिनेटर डिम्पल लामा, झुमा राणा लेप्चा, करुणा प्रधान र अन्यकाे उपस्थिति रहेको थियो। सबैले कार्य शुरु भएकोमा हर्ष प्रकट गर्दै जीटीए चिफ अनि क्षेत्रीय सभासदप्रति धन्यवाद ज्ञापन गरिएको छ।










