बिशपलाई मुख्यमन्त्रीले शुभकामना टक्राए

FB_IMG_1766406664400

गान्तोक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले दार्जिलिङ–सिक्किम धर्मप्रान्तका बिशप स्टेफेन लेप्चालाई भेटेर जन्मदिनको शुभकामना व्यक्त गरेको कुरा उनले आफ्नो सामाजिक संजाल मार्फत उल्लेख गरेका छन् । यस अवसरमा बिशपलाई भेटेर शुभकामना व्यक्त गर्न पाउनु साँच्चै नै अत्यन्तै आनन्ददायी अनुभव रह्यो भनि उनले संजाल मार्फत जनाएका छन्।
बिशपको जन्मदिनको अवसरले उनको आस्था, विनम्रता र समर्पित सेवायुक्त जीवनलाई स्मरण गर्ने, साथै उनको दीर्घकालीन आध्यात्मिक नेतृत्व र मार्गदर्शनप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्ने अर्थपूर्ण अवसर प्रदान गर्‍यो। वर्षौँसम्म जनताको सेवामा निःस्वार्थ र समर्पित रूपमा आफ्नो पास्टोरल दायित्व पूरा गरेपछि चाँडै नै उहाँ आफ्नो जिम्मेवारीबाट अवकाश लिनुहुँदैछ भनि मुख्यमन्त्री प्रेम सिंह तामाङले अघि उल्लेख गरेका छन्।


यस सन्दर्भमा बिशपलाई उत्तम स्वास्थ्य र दीर्घकालीन सुख–समृद्धिको कामना गर्दै मुख्यमन्त्रीले आगामी वर्षहरू सन्तोष, कृपा र बिशपका सबै भावी प्रयासहरूमा निरन्तर उद्देश्यपूर्णताले परिपूर्ण रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement