मासु पसलहरूमा कालो ग्लास लगाउनु पर्ने नगरपालिकाले जारी गरयो निर्देश

दार्जीलिङ: शहरका मासु पसलहरूमा दार्जीलिङ नगरपालिकाले कालो ग्लास लगाउँने जारी गरयो निर्देश। दार्जीलिङ नगरपालिकाको मार्केट विभागीय नगरपार्षद मणि लामा र मार्केट प्रबन्धकले शहरको जति पनि मासु पसलहरू छन, ती पसलहरूमा सात दिनभित्रमा कालो ग्लास लगाउने निर्देश जारी गरेको छ। त्यसरी नै शहरका मिठाई पसलदारहरूले पनि बाहिरोबाट ल्याएको मिठाईहरूको मिति हेरेर मात्र विक्री गरि दिने अनुरोध गरेको छ। शहरको मासु पसलहरूमा खुल्ला रूपमा मासुहरू झुण्डाएको देख्दा राम्रो लाग्दैन साथै यसरी झुण्डाएको मानिसहरूमा धूलो आदिहरू पनि टासिने गर्छन, यसले गर्दा प्रत्येक मासु पसलदारहरूले सात दिनभित्रमा पसलहरूमा कालो ग्लास लगाई दिने नगरपार्षद लामाले अनुरोध गरेका छन्। उनले अघि भने दिएको समय अवधि पालिकाको टोली जाँच कार्यमा पनि आउँछन् यदि जाँच कार्यको समयमा कालो ग्लास नलगाएको भेटटाए पालिकाले कार्यवाही गर्नेछ भन्ने चेतावनी पनि दिए। त्यसरी नै दसैं-तिहारको पर्व आएको हुनाले गर्दा शहरको मिठाई पसलदारहरूले बाहिरोबाट मिठाईहरू मगाउने गर्छन, बाहिरबाट मगाएको मिठाईहरू ल्याउन मिठाईको तारिक हेरेर ल्याउने साथै विक्री गरी दिने लामाले अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement