दशै तिहारको नाममा पैसा माग्नु, नेतृत्वहरूलाई चोर्नु बाध्य बनाउनु हो: अजय एडवार्डस

IMG-20220922-WA0163.jpg

दार्जीलिङ: ‘नेतृत्वहरूलाई पैसा माग्ने प्रथा अब बन्द गरिनु पर्छ’, हाम्रो पार्टीका अध्यक्ष एंव जीटीएका सभासद अजय एडवार्डसले यस्तो मन्तव्य पोखेको छन्। ‘दशै तिहार एंव अन्य पर्वहरूको नाममा मानिसहरूले नेतृत्वहरूलाई पैसा माग्ने प्रथा नै बनेको छ, तर पैसा माग्ने यस्तो प्रथाले नेताहरू चोर्नु, भष्ट्रचार गर्न बाध्य हुनजान्छ’, एडवार्डसले यसो भनेका छन्। उनले अझ भने, ‘हाम्रो पार्टीको मात्र होइन पहाडमा जति पनि नेतृत्वहरू छन, जस्तै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गोरामुमो, गोजमुमो, भाजपा आदिलगायत अन्य धेरै राजनैतिक पार्टीहरू छन्। ती पार्टीहरूको नेतृत्वहरूलाई दशैं, तिहार आदिजस्ता पर्वहरूको नाममा पैसा माग्ने प्रथा नै बनेको छ। यस्तो प्रथाले नेतृत्वहरूलाई चोर्नु, भष्ट्रचार गर्न सिकाउँछ’ एडवार्डसले यसो भने। उनले भने, ‘दार्जीलिङ नगरपालिका क्षेत्रको होस् अथवा गाउँ-बस्ती पंचायत क्षेत्रकै होस् उक्त क्षेत्रका प्रतिनिधि हुने बितिक्कै उनीहरूको घरमा गएर दशैं खर्च, तिहार खर्च माग्ने जो पुरानो प्रथा छ, यसलाई बन्द गर्न जरूरी रहेको छl’

‘दु:ख बिमारमा नेतृत्वहरूले सहयोग गर्नैपर्छ, तर दशैं तिहार आदिजस्ता पर्वहरूको नाममा खर्च माग्नु उचित होइन यस्तो प्रथा बन्द गर्नैपर्छ। जनताहरूले नेतृत्वहरूलाई दशै खर्च, तिहार खर्च माग्ने प्रथा बन्द नगरे नेतृत्वहरू चोर्नु, भष्ट्रचार गर्न बाध्य हुनेछ’, अजय एडवाडर्सले भने। उनले अझ भने, ‘गत जीटीए चुनावअघि हाम्रो पार्टीका कतिपय नेतृत्वहरूले ट्रक चलाएर घर परिवारहरूको पालनपोषणहरू गर्थेl जनताको माया पाएर उनीहरू सभासद, नगरपार्षदहरू निर्वाचित बनेका छन् ,उनीहरूको घर घरमा गएर दशै खर्च, तिहार खर्च माग्नु यो उचित होइन, नेतृत्व हुने बित्तिकै उनीहरू रातरात धनी हुँदैनन्, अघि अघिका नेतृत्वहरू नेतृत्व हुने बित्तिकै धनी हुन्थ्यो होला, तर अहिले त्यस्तो छैन, उनीहरूले अझ पनि ट्रक एंव गाडी चलाएर घर परिवारहरूको पालनपोषण गर्दैछन्। नेतृत्वहरू पहाडलाई सुधार्न आएका हुन पैसा कमाउन होइनन्l’ अघिका नेतृत्वहरूले दशै खर्च, तिहार खर्चहरू बाँड्ने गरेको तर अहिले त्यस्तो छैन भन्ने कुरा अजय एड्वार्ड्सले गरेका छन्l ‘कुनै पनि नेतृत्वहरूले बिल्डर, ठेकादारहरूलाई उनीहरूले गरेको कार्यहरूमा खोट देखाएर २० लाख रूपियाँ देउ भन्दै उक्त पैसा बाँड्न सकिन्छl तर त्यस्तो गर्नु उचित होइन भन्दै नाम कमाउनु धेरै वर्ष संघर्ष गर्नुपर्छ, तर नाम बिकाउन एक मिनट पनि लाग्दैन, हामीले हाम्रो नाम बिकाउनु छैन’, अध्यक्ष एडवार्डसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement