खरसाङको छोई धिम एकाडेमी प्री – नर्सरी स्कूलमा सचेतनामूलक कार्यक्रम

IMG-20251221-WA0114

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत वार्ड नम्बर ४ मा रहेको छोई धिम एकाडेमी प्री – नर्सरीमा सचेतनामूलक कार्यक्रमकाे आयोजना गरिएको छ। वर्तमानमा नानीहरूलाई पढाउने तरिका बदलिएको र अब नयाँ तरिकाले कसरी पढाउने भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा विशेष रूपमा सभासद श्याम शेर्पा, डाक्टर आमसु प्रधान, प्रोफेसर प्रज्वल प्रधान, गोर्खा भूतपूर्व सैनिक कल्याण समिति, स्थानीय स्वनिर्भर दलहरु, भूतपूर्व कप्तान अमृत प्रधान, भूतपूर्व कप्तान अजय तामाङ, सुबेदार मेजर पवन राई र अन्यकाे उपस्थिति रहेको कार्यक्रम भविष्यकाे लागि धेरै योजनाहरु विषय चर्चा परिचर्चा गरिएको छ। कार्यक्रमकाे सञ्चालन छोई धीम एकाडेमीको निर्देशक पुनम तामाङले गरेका‌ थिए। उनले यस एकाडेमीकाे उद्देश्य र सञ्चालन कसरी हुँदैछ र अब ठण्डा महिनामा शिक्षक शिक्षिकाहरुलाई टेनिङ्ग गराउने योजना पनि रहेको बताएका छन्। कार्यक्रममा अतिथिहरुले यस स्कूललाई आ-आफ्नो क्षमता अनुसार सकाउने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement