भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको नयाँ कमिटी गठन

समष्टी कमिटीमा सभापति राजीव थापा चयन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको नयाँ समष्टी स्तरीय कमिटी गठन गरिएको छ। उक्त नयाँ समष्टी स्तरीय कमिटी गठनार्थ घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा शेखरचन्द्र प्रधानको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टि स्तरीय नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति राजीव थापा र सचिव क्षेत्रीय सभासद नवराज छेत्रीलाई चयन गरिएको छ। त्यसरी नै उप सभापतिमा राजु लामा, बैजु थापा, धिरेन प्रधान, जीवन थापा, जीवन लामा, वाङ्दी लामा, सह सचिवमा मातृका गजमेर, रबि सुब्बा, मनोहर थापा, सनबहादुर तामाङ, सम्पाल राई, कृष्ण प्रधान अनि सांगठनिक सचिवमा सीबी राई, उत्तम छेत्री, बिपन विश्वकर्म आदिलाई चयन गरिएको छ। त्यसरी नै सल्हाकारमा डीबी सुब्बा, शेखरचन्द्र प्रधान, राजेस थापा, प्रमोद प्रधान, रञ्जीत थापा, सोनाम तामाङ, रोशन तामाङ, राजेन प्रधान आदि लगायत समष्टीको २२ वटै बुथहरुलाई लिएर ९१ जनाको समष्टी कमिटी गठन गरिएको छ।
चयन भएका छन् भने आगामी दिनमा समष्टी कमिटीमा पदाधिकारीहरू थपिने जानकारी प्राप्त भएको छ।
समष्टी कमिटी पुनर्गठन गर्न राखिएको सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महासचिव प्रणाम रसाईली, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, राजीव थापा आदिले वक्तव्य राखेका थिए। आजको समष्टी स्तरीय कमिटी गठन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको नयाँ सभापति राजीव थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement