खरसाङ: खरसाङको रोहिणी एथलेटिक्स एसोसिएसनको रनरहरुद्वारा कोलोकोतामा टाटा स्टिल वर्ल्ड २५ किलोमीटरमा सहभागिता जनाएका छन्। हजारौं रनरहरुमा रोहिणी एथलेटिक्स एसोसिएसनको तर्फबाट जम्मा १३ जनाले सहभागिता जनाएका छन्। यसमा ५ जनाले २५ किलोमिटरमा र ८ जनाले १० किलोमीटरको रेसमा सहभागिता जनाएका थिए। यसमा १० किलोमीटरको दूरीमा रोहिणी एथलेटिक्स एसोसिएसनको प्रकाश तामाङले ४५ मिनटमा आफ्नो दौड समाप्त गरेर छैंटौं स्थानमा आउन सफल बनेका छन्। त्यसरी नै अन्य रनरहरुले पनि अन्तिम ५० जनाभित्र नै आफ्नो दौड समाप्त गरेका थिए।

रोहिणी एथलेटिक्स एसोसिएसनको रनरहरुद्वारा विभिन्न स्थानहरुमा भईरहेको दौडहरुमा सक्रिय रुपमा सहभागी भईरहेका छन् भने उक्त टोलीले कोलकोतामा आयोजित टाटा स्टिल वर्ल्ड २५ किलोमीटरमा सहभागिता जनाएको सचिन राईले बताएका छन्।










