भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20251221-WA0101

भागोप्रमो पार्टीमा सबैले कुरा राख्न पाउने लोकतान्त्रिक संस्कार छ: अमर लामा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा केन्द्रीय महासचिव अमर लामाको विशेष उपस्थितिमा सम्पन्न भएको छ। घैयाबारूस्थित पार्टी कार्यालयमा सम्पन्न उक्त सांगठनिक सभालाई समष्टिको उप सभापति राजु लामाले अध्यक्षता गरेका थिए। सभालाई समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका थिए। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले प्रमुख वक्ताको रुपमा बोल्दै यो सभा एउटा अन्तर्क्रियात्मक सभा रहेको र यसमा पार्टीको पदाधिकारीहरु र कार्यकर्ताहरुमाझ अन्तर्क्रिया गरिएको बताएका छन्‌‌। उनले भने, हाम्रो पार्टीको नाममा प्रजातान्त्रिक छ जुन लोकतन्त्रको पर्यावाची शब्द हो अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा हाम्रो लोकतान्त्रिक संस्कार छ र सबैले आफ्नो कुरा राख्न पाउँछन्।’
अमर लामाले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने पार्टीको विभिन्न सांगठनिक विषयमा चर्चा परिचर्चा गरेका थिए। सभालाई सभासद एवं तीनधारे महानदी समष्टिको पर्यवेक्षक प्रणाम रसाइली, सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले वक्तव्य राखेका थिए।‌ त्यसरी नै महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति कुसाङ लामा, घैयाबारी तीन ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति धिरेन प्रधान, तीनधारे खण्ड समितिको सचिव अनिल राई, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत भूतपूर्व सैनिक संगठन र जीटीए कर्मचारी संगठनको तर्फबाट पनि वक्तव्य राखिएको थियो। सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने विभिन्न गतिविधिहरु विषय साथै विभिन्न भातृ संगठनहरुका विषयमा चर्चा परिचर्चा गरेका थिए‌। सभामा समष्टिका‌ पदाधिकारीहरु, नारी, युवा, ट्रेड युनियन, शिक्षक संगठन, विद्यार्थी महासंघ, भूतपूर्व सैनिक संगठन लगायत विभिन्न भातृ संगठनहरुका प्रतिनिधिहरु साथै तीनवटा ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको पदाधिकारीहरु र तीनधारे खण्ड समितिको पदाधिकारीहरु उपस्थित रहेका थिए।‌

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement