खरसाङ: खरसाङको घैयाबारीमा यसपाली पनि नगदराशि फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीमा यसपाली उक्त नगदराशि फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। घैयाबारीको नेताजी हाई स्कूलमा आगामी ३ जनवरीदेखि यसपाली डेढ लाख रुपियाँको नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। यस यस विषयमा आईतवार घैयाबारीमा पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको तर्फबाट जानकारी गराए अनुसार आगामी ३ जनवरीदेखि नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। यस फुटबल टुर्नामेन्टमा विजेतालाई एक लाख पचास हजार रुपियाँ र उप विजेतालाई एक लाख रुपियाँ नगदराशिसहित आकर्षक ट्रफि प्रदान गरिने भएको छ। उक्त नगदराशि फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले १६ वटा टिमलाई प्राथमिकता दिने भएकोले सबैले समयमा नै आफ्नो टिमको पञ्जीकरण गराउन सक्ने बताएका छन्। उनले एउटा टिमको लागि ३५ सय रुपियाँ प्रवेश शुल्क बुझाउनु पर्ने र यस नगदराशि फुटबल टुर्नामेन्टको लागि खेल तालिका आगामी 28 दिसम्बरमा सार्वजनिक गरिने जानकारी गराएका छन्।











