एडिलेड: अष्ट्रेलियाले ईंग्ल्याण्डलाई तेस्रो टेस्ट म्याचमा ८२ रनले पराजित गरी एशेज सीरीज आफूसँग कायम राख्यो। आइतवार म्याच जित्नको साथै अष्ट्रेलियाले ५ वटा टेस्ट म्याचको सीरीजमा ३-०-को अजेय बढ़त हासिल गऱ्यो। एडिलेड ओवलमा खेलिएको म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा एलेक्स केरीको शतक र उस्मान ख्वाजाको अर्द्धशतकको सहायताले ३७१ रन बनाएको थियो अनि जवाफमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा २८६ रन बनाएको थियो। यसरी अष्ट्रेलियालाई पहिलो ईनिंग्सको आधारमा ८५ रनको बढ़त हासिल भएको थियो। त्यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो ईनिंग्समा ट्रेविस हेडको १७० रन अनि केरीको अर्द्धशतकको साथ ३४९ रन बनाउँदा ईंग्ल्याण्डलाई म्याच जित्न ४३५ रन बनाउने लक्ष्य हासिल भएको थियो। ईंग्ल्याण्डको दोस्रो ईनिंग्स आइतवार म्याचको पाँचौं दिन ३५२ रनमा समाप्त हुँदा अष्ट्रेलियाले म्याच जित्यो। अष्ट्रेलियाको यो घरेलु मैदानमा चौथो एशेज सीरीज जीत हो। यसपाली त अष्ट्रेलियालाई सीरीज जित्न केवल ११ दिन समय लाग्यो। शनिवार म्याचको चौथो दिन नै ईंग्ल्याण्डले २०७ रन बनाएर ६ विकेट गुमाइसकेको थियो। शनिवार अविजित रहने दुईजना ब्याटर जेमी स्मिथ र विल ज्याक्सले आज सक्दो लड़ाइँ गरे पनि टीमलाई बचाउन सकेनन्। स्मिथ र ज्याक्सले मिलेर सातौं विकेटको निम्ति ९१ रनको पार्टनरशीप गरे। मिचेल स्टार्कले पछिबाट यी दुवै ब्याटरलाई लगातार आउट गरी अष्ट्रेलियालाई जीतको संघारमा पुऱ्याए। स्मिथले ८३ बलमा ७ वटा चौका र २ वटा छक्काको साथ ६० रन बनाए। यसरी ज्याक्सले १३७ बल खेलेर ३ वटा चौका लगाए। ब्रायडन कार्स ३९ रनमा अविजित रहे पनि अष्ट्रेलियालाई बलरहरूले ईंग्ल्याण्डको ईनिंग्स समेट्नमा अधिक समय लगाएनन्। अष्ट्रेलियाई बलरहरूमा मिचेल स्टार्क, कप्तान प्याट कमिन्स र नेथन लियोनले ३-३ विकेट लिए। म्याचमा उत्कृष्ट ब्याटिंग गर्ने एलेक्स केरीले प्लेयर अव् द म्याचको पुरस्कार जिते।











