ईंग्लिश प्रीमियर लीगःआर्सनल, लिभरपूल र म्यानचेष्टर सिटीको जीत

IMG-20251221-WA0087

लण्डन: ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन लिभरपूलको साथमा आर्सनल र म्यानचेष्टर सिटीले जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको रोमाञ्चक म्याचमा लिभरपूलले टोटनह्यामविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ३३ प्रतिशत पोजेशनको साथ खेल्दै टोटनह्यामले कड़ा चुनौती दिए पनि हारको सामना गर्नु पऱ्यो। यसबाहेक टोटनह्यामका २ जना खेलाड़ीले रेड कार्ड देख्दा लिभरपूलको काम सजिलो भयो। यसमा जावी सिमोन्सले त ३३औं मिनटमै मैदान छोड़े जबकि क्रिस्टियन रोमेरोलाई म्याचको अन्तिम समयमा रेड कार्ड देखाइयो। लिभरपूलको तर्फबाट एलेजाण्डर इसाकले ५६औं र ह्यूगो एकिटिकेले ६६औं मिनटमा गोल गरे। यसरी टोटनह्यामको निम्ति रिचार्लिसनले ८३औं मिनटमा गोल गरे। यस जीतको साथ लिभरपूल १७ वटा म्याचमा २९ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको पाँचौं स्थानमा पुग्यो। यसरी १३औं स्थानमा रहने टोटनह्यामसँग २२ पोइण्ट्स रहेको छ। असल फर्ममा रहने आर्सनलले पनि एभर्टनविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट भिक्टोर ग्योकेरेसले २७औं मिनटमा पेनल्टीबाट गोल गरे। यस जीतको साथ आर्सनल ३९ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो।
म्यानचेष्टर सिटीले चाहिँ वेष्ट ह्यामलाई ३-०-ले सजिलै पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट एर्लिंग हालाण्डले पाँचौं र ६९औं मिनटमा २ गोल गरे। यसरी अन्य एउटा गोल तिज्जानी रेण्डर्सले ३८औं मिनटमा गरे। यस जीतको साथ म्यानचेष्टर सिटी ३७ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। चेल्सी र न्यूक्यासलबीच खेलिएको रोमाञ्चक म्याच २-२-ले ड्र रह्यो। म्याचमा मध्यान्तरसम्म न्यूक्यासल २ गोलले अघि रहेको थियो तर चेल्सीले दोस्रो हाफमा २ गोल गरी म्याच बचायो। होम टीमबाट दुवै गोल निक वोल्टमेडले गरे। उनले म्याचको चौथो र २०औं मिनटमा गोल गरे। यसरी चेल्सीको निम्ति रीस जेम्सले ४९औं र जोआओ पेड्रोले ६६औं मिनटमा गोल गरे। यस ड्र पछि चेल्सी २९ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। यसरी न्यूक्यासल २३ पोइण्ट्सको साथ ११औं स्थानमा रहेको छ। अन्य म्याचहरूमा ब्रेण्टफोर्डले वूल्भ्सलाई २-०-ले अनि लीड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई ४-१-ले पराजित गऱ्यो। ब्राइटन र सण्डरल्याण्डबीच खेलिएको म्याच गोलरहित ड्र (०-०) रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement