सिमुलबारी गोल्ड कपः आर्मी रेड सेमिफाइनलमा पुग्न सफल

photocollage_2025122023320342

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा आर्मी रेडले सेमिफाइनलमा स्थान बनायो। शनिवार सिमुलबारी खेल मैदानमा भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा आर्मी रेडले युनाइटेड स्पोर्ट्स एफसी, काेलकत्ता विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल रेवोन सुन्दासले ८१औं मिनटमा गरे। उनले दर्शनीय हेडरद्वारा गोल गरे। रेवोन सुन्दासलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने पहिलो सेमिफाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र तरुञ्जाबारी फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल मंगलवार आर्मी रेड र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच खेलिनेछ। फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement