मुख्यमंत्रीले पिपोनको रुपमा चयन हुनेलाई बधाई दिए

photocollage_20251220201027383

गान्तोक: सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङले लेमा ब्लकका श्री सोनाम छेरिङ लाचुङ्पा र खेधुम ब्लक, लाचुङका श्री चुंगटुक छेरिङ लाचुङ्पालाई लाचुङ जोम्सा (Dzomsa) का पिपोनका रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिएका छन्।
मुख्यमंत्रीले सामाजिक संजाल मार्फत जनाएका छन् कि उहाँहरूलाई प्राप्त यो जनादेश लाचुङका जनताले उहाँहरूप्रति राखेको गहिरो विश्वास र भरोसाको स्पष्ट अभिव्यक्ति हो। मुख्यमंत्रीले पूर्ण विश्वास जनाउदै भनेका छन् कि उहाँहरूले लाचुङ जोम्सा प्रणालीका समृद्ध रीतिरिवाज, पुराना परम्परा तथा समयले सम्मानित मूल्यहरूलाई निष्ठापूर्वक संरक्षण र पालन गर्नुहुनेछ, साथै समुदाय र समाजको कल्याण, सद्भाव तथा समग्र विकासका लागि सामूहिक रूपमा कार्य गर्नुहुनेछ। यसैगरी मुख्यमंत्रीले उहाँहरू दुवैलाई सफल, सार्थक र उदाहरणीय कार्यकालको लागि धेरै धेरै शुभकामना टक्राएका छन्।

About Author

Advertisement