दार्जिलिङ ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले आगामी २३ दिसम्बरको दिन स्थापना दिवस पालन गर्ने भएको छ। ईण्डियन गोर्खा जन शक्ति फ्रण्टको स्थापना दिवस गत वर्ष २२ दिसम्बरको दिन भएको थियो अनि दोस्रो स्थापना दिवस २२ दिसम्बरकै दिन पालन गर्ने तय गरेका थियौं तर पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डसको जलपाइगढी सर्किट बेन्चमा विशेष सुनवाई भएको हुनाले त्यस दिन उनी व्यक्तिगत रूपमा न्यायलयमा उपस्थित हुनु पर्ने भएकोले पार्टीले २३ दिसम्बर २०२५ को पार्टीको स्थापना दिवस समारोह पालन गर्ने निर्णय लिएको हो भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य एनबी खवासले बताएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, हामीले पार्टीको स्थापना दिवस खुल्ला मैदानमा वृहत रूपमा पालन गर्ने सोच बनाएका थियौं तर गत दिन ४ अक्टोबर २०२५ को दिन आएको प्राकृतिक आपदाले धेरै जन धनको नोक्सान भएको छ,जसको पीढा आजसम्म पहाडवासीहरूले भूल्न सकेको छैन यी सबै विषयहरूलाई ध्यानमा राख्दै साथै पहाडको गाडी चालकहरूको समस्याहरूलाई विशेष ध्यानमा राख्दै शहरको मोटर स्टयाण्डमा स्थापना दिवस समारोहको आयोजना गर्दा धेरै पीर मर्का पर्ने हुनाले पार्टीले शहरको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा २३ दिसम्बर २०२५ को दिन बिहान ११ बजीदेखि समान्य रूपमा पालन गर्ने तय बनाएका छौं।’










