खरसाङ: खरसाङको वार्ड नम्बर दुईस्थित टेकवीर बस्तीमा प्री क्रिसमस उत्सव क्षेत्रीय सभासद श्याम शेर्पाको उपस्थितिमा सम्पन्न गरिएको छ। टेकवीर बस्तीमा विगत केही हप्ता अघिदेखि शनिवार गाउँले हार्टकाे थाल्नी भएको थियो।
उक्त बस्तीमा इसाई, हिन्दु , बौद्धिष्ट सबै मिलेर बसोबास गर्दै आईरहेकोले हार्ट कमिटीद्वारा प्रि क्रिसमस कार्यक्रमकाे आयोजना गरिएको छ। कार्यक्रममा विशेष क्षेत्रीय सभासद श्याम शेर्पाकाे उपस्थिति रहेको थियोे।कार्यक्रममा सभासद श्याम शेर्पा अनि समष्टिको नारी शक्ति अध्यक्षा सुष्मा मुखियाद्वारा केक काटेर नानीहरूलाई वितरण गरियो।

यस कार्यक्रमबारे सभासद श्याम शेर्पाले कार्यक्रममा निम्त्याएकोमा साथै सहभागिता जनाउनु पाउँदा आफैलाई भाग्यमानी ठान्दै सबैलाई अगावै क्रिसमसकाे शुभकामना र शुभेच्छा टक्राएका छन्। हार्ट कमिटी र गाउँवासीहरुकाे एकताकाे सभासदले प्रशंसा पनि गरेका छन्। उनले प्रभु येशूले सबैलाई शान्ति, करुणा र बलिदानकाे आशिष प्रदान गरुन् भनी कामना राखेका छन्। कार्यक्रम आयोजकमा विशेष प्रतिम तामाङ, प्रशान्त गुरुङ साथै सबै युवाहरु, नारीहरु अनि टाउन कमिटीकाे सचिव बिरबल पाखरिन उपस्थित रहेका थिए।










