नेहुर बालासन र मार्गरेट्सहोप चियाबगानमा बीस प्रतिशतको दरले बोनस वितरण

1664358655278.jpg

खरसाङ: टुङ-सन्त मेरिज समष्टिअन्तर्गत नेहुर बालासन र मार्गरेट्सहोप चियाबगानमा बीस प्रतिशतको दरले बोनस वितरण गरियो। पहाड़मा गत केही दिन अघिदेखि प्रत्येक वर्ष झैँ चिया श्रमिकहरुको बोनस विषय लिएर ठूलो विवाद उत्पन्न हुन्थ्यो, तर यस वर्ष मालिकपक्ष अनि युनियन माझ बसेको पहिलो सभामा कुनै निर्णय नभए पछि २१ सेप्टेम्बरमा राज्यका श्रमिक मन्त्रीले सम्पूर्ण दशवटा श्रमिक संगठन साथै ८७ वटा बगानका मालिकलाई लिएर सिलगढ़ी श्रमिक भवनमा बैठक बोलाएका थिए। तीमध्ये केवल पहाड़बाट हिल तृणमूल श्रमिक संगठन साथै भागोप्रमो श्रमिक संगठनले भाग लिएको थियो। उक्त बैठकमा बीस प्रतिशतको दरले दुई किस्तीमा बोनस दिने सरकारको निर्णयलाई विरोध गरि भागोप्रमो श्रमिक संगठन केन्द्रीय सभापति जेबी तामाङले सभालाई बहिष्कार गरि निस्केका थिए साथै गेट मिटिङ अनि प्रत्येक महकुमाको एएलसी अघि धरणा दिएर सरकारको निर्णयलाई विरोध जनाएर एकै किस्तामा बोनस दिनु पर्ने माग राखिएको थियो।

त्यसै अनुरुप मङ्गलबारसम्म पहाड़का अधिकांश चियाबगानमा एकै वा दुई किस्तीमा बोनस वितारण गरि सकिएको छ भने नेहुर बालासन चियाबगान प्रबन्धक एसके पाण्डेसँग बारम्बार भेट गरि संगठनले ज्ञापन बुझाए पछि मङ्गलबार यहाँ एकै किस्ती गरेर बोनस वितारण गरियो भन्ने जानकारी पार्टी प्रतिनिधि फुर्बा तामाङले दिएका छन्। उनले बोनस विषय भागोप्रमो श्रमिक संगठनको जीत भएको अनुभव गरेको बताउँदै सम्पूर्ण संगठन एक भएर सरकार अनि मालिकवर्गसँग लड्ने बेलामा सोसियल मिडियामा मात्र राजनीति गरिरहने अन्य संगठनलाई पनि आउँदै गरेको हाम्रो महान चाढ़ दशै तिहारको अग्रिम शुभकामना पनि दिएका छन् अनि बालासन शाखा श्रमिक संगठनका राजेश तितुङ मुकेन्द्र बोम्जन, पुरण  तामाङ,बिश्व मणि राईलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *