उदय-मणिला साँझमा सिटोङका समाज सेवी विक्रम राई सम्मानित  

00-IMG-20220928-WA0115

खरसाङ: स्थानीय घलेटार सार्वजनिक भवनमामा सहयोगी हात अनि सृजना समाजको आयोजनानमा मङ्गलबार उदय मणिला साँझ सम्पन्न भयोl सिटोङ-लाटपन्चर ६ माईलमा हुक्यार्सद्वारा निर्माण भइरहेको वृद्ध आश्ररमको सहयोगार्थ उदय-मणिला कार्यक्रम राखिएको थियो। प्याराकिट्स मेलोडी दार्जीलिङको सङ्गीत संयोजनमा सप्पन्न भएको कार्यक्रममा नेपाली सङ्गीत जगतका प्रख्यात गायक जोडी उदय-मणिलाले उत्कृष्ट गीत प्रस्तुत गरेर सम्पूर्ण दर्शकवर्गलाई मन्त्रमुग्ध पारे। यसरी गायिका मणिला सोताङले मेलोडी क्वीन लता मंगेशकरको  सुन्दर गीत प्रस्तुत गरिन्। संजीव छेत्रीले संचालन गरेको कार्यक्रममा सिटोङका समाजसेवी विक्रम राईलाई ‘हू केयर्स’ सम्मान २०२२ द्वारा सम्मानित गरियोl हू केयर्सका संस्थापक सदस्य एरोन योञ्जनले ‘हू केयर्स सम्मान’को घोषणा गरेपछि प्रमुख अतिथि उदय-मणिलाको बाहुलीबाट सम्मान प्रदान गरियो। सिटोङका गायक अविनाश लेप्चाले अति सुन्दर गीत प्रस्तुत गरे पछि उनलाई उदय सोताङले एउटा गीत रेकर्ड गर्ने स्टेजबाट नै जनाए। कार्यक्रम शुरु हुन अघि उदय मणिलाले सिटोङ घलेटारमा मेलाको पनि उद्घाटन गरियो। यसरी कार्यक्रममा   सहयोगी हात र  सृजना समाजका सदस्यलाई पनि ‘हू केयर्स’का प्रमुख एरोन योञ्जनको बाहुलीबाट खदामालाका साथमा सम्मान जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *