कोविड़ नेपाल: थप ३८ जना कोरोनाले ग्रसित, ५२ जना भए निको, १ जनाकाे मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ३८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो २,८१८ जनाको कोरोना परीक्षण गरेकोमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। (१,२८४ जनाको आरटी-पीसीआर परीक्षणमा ३१ जना अनि १,५३४ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी ३८ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५२ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,१२२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५१,६८९ पुगेको छ भने १२,०१८ जनाको मृत्यु भएको छ। यसरी नै ९,८६,५४७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ(गत २४ घण्टामा खोप को तथ्यांक प्राप्त भएको छैन)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement