दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले हाम्रो देश विविध संस्कृति र परम्पराले भरिपूर्ण रहेको र यहाँ विभिन्न पात्रोहरू अनुसार सम्बन्धित आ–आफ्नै चाडपर्वहरू मनाइने कुरा अघि राख्दै भोटिया र डुक्पा पात्रोअनुसार नयाँ वर्षको अवसरमा सबै सबै गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै भोटिया, डुक्पा र लेप्चा समुदायका सम्पूर्ण देशवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सांसदले लोसुङ–नाम्सुङ पर्व राम्रो बालीका लागि देवता तथा देवीहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो भनि जनाए। अन्तमा सांसदले हामी सबैलाई, हाम्रो राष्ट्रलाई र सम्पूर्ण विश्वलाई सुख, शान्ति, समृद्धि र खुशीयालीको हार्दिक कामना व्यक्त गरेका छन्।










