लोसुङ र नामसुङको पावन अवसरमा मुख्यमंत्रीद्वारा भोटिया/लेप्चा समुदायप्रति शुभकामना व्यक्त

FB_IMG_1766207242024

गान्तोक: लोसुङ र नामसुङको पावन अवसरमा, सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङले सिक्किमका सम्पूर्ण जनताप्रति विशेषतः भोटिया र लेप्चा समुदायप्रति हार्दिक शुभकामना तथा मंगल कामना व्यक्त गरेका छन्।
उनले भनेका छन् -परम्परा र सांस्कृतिक ज्ञानमा गहिरोसँग निहित यी उल्लासमय पर्वहरूले कटनीको समापन र नयाँ वर्षको आगमनको संकेत गर्छन्। यी पर्वहरूले प्रकृतिसँगको हाम्रो शाश्वत सम्बन्ध, कृतज्ञताको मूल्य र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सौहार्दपूर्ण जीवनशैलीको सुन्दर स्मरण गराउँछन्।
मुख्यमंत्रीले विधि–विधान, प्रार्थना र उत्सवहरूले हाम्रो समाजलाई परिभाषित गर्ने सहनशीलता, एकता र आध्यात्मिक समृद्धिलाई उजागर गरेको कुरो उजागर गर्दै यी पवित्र उत्सवहरूले प्रत्येक घर–परिवारमा नयाँ आशा, समृद्धि र खुशीयाली ल्याओस् भन्ने कामना गरेका छन्।
अन्तमा उनले हामी सबैले सँगै उत्सव मनाउँदै शान्ति, पारस्परिक सम्मान र सामाजिक सद्भावतर्फको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरौँ, र हाम्रो प्रिय राज्यका लागि समावेशी विकास र दीगो प्रगतिले भरिएको भविष्य निर्माणतर्फ सामूहिक रूपमा अघि बढौँ भनि अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement