खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले ३१३ जना शिक्षक शिक्षिकाहरुलाई नअत्तालिने र केही नहुने साथै कसैको नोकरी नजाने कारण पहाडको अलग्गै प्रावधान छ भनी बताएका छन्। उनले आफु पूर्ण रुपमा ३१३ जना शिक्षक शिक्षिकाहरुको साथमा रहेर सघाउने बताए। उनले भने, यो गोर्खा जातिमाथि आईपरेको संकट हो र म पूर्ण रुपमा शिक्षकहरुको साथमा रहेर सघाउन तयार छु। पहाडमा शिक्षा व्यवस्था र शिक्षक शिक्षिकाहरुमाथि ठूलो ग्रहण लागेको र ३१३ जना शिक्षक शिक्षिकाहरुको नाममा पहाडमा ३६ हजार शिक्षक शिक्षिकाहरुमाथि ग्रहण लागेको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले गोर्खाहरुमाथिअन्याय र अत्यचार हुँदा र समस्या आईपरेको बेला पनि गोर्खाहरु नै रमाईरहेको बताउँदै कोही सानो जीटीएको कुर्सीको लोभमा पनि छन् भनी बताएका छन्। उनले भने, यो ससम्या शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले पनि भोगिरहेको छ। अहिले ३१३ जनाबाहेक पनि ३६ हजार शिक्षक शिक्षिकाहरुमाथि समस्या आईपरेको छ र ३६ हजार शिक्षक शिक्षिकाहरु हट्नु भनेको पहाडको शिक्षा व्यवस्था डामाडोल हुनु हो। के गोर्खाहरुलाई शिक्षा लिने अधिकार छैन? यो प्रश्न राज्य र केन्द्र सरकार दुवैलाई हो।’
उनले अघि भने, पहाडमा अहिले गोर्खाले गोर्खालाई पढाउनेहरुलाई नै आह्रिस गरिरहेको छ। तर म ३१३ जना शिक्षक शिक्षिकाहरुलाई सघाउन तयार रहेको छु।’









