डागापुर स्थित माता कात्यायनी मन्दिर : केही जानकारी

00-027558b1-3acd-4e74-90b3-4809bdefa37d

सिलगढीको डागापुर क्षेत्रमा माता कात्यायनी मन्दिरको स्थापना सन् २०१२ मा गरिएको थियो। मन्दिर स्थापनाकालदेखि यहाँ मन्दिर निर्माण गरिएकोबारे श्रद्धालु अनि भक्तहरूलाई बिस्तार बिस्तार जानकारी हुनथालेपछि वर्तमानमा यस मन्दिरको एउटा अलग्गै पहिचान भएर गएको छ। यहाँ स्थानीय अनि सुदूरवर्ती क्षेत्रहरूबाट पनि धेरै मात्रामा श्रद्धालु अनि भक्तहरू आउने गर्दछन्। यस मन्दिरका प्रमुख पूरोहित आशुतोष वत्स हुनुहुन्छ।

पुरोहित आशुतोष वत्सअनुसार यस मन्दिरमा आउने श्रद्धालु अनि भक्तहरूको यो धारणा अनि विश्वास रहेकोछ कि माता कात्यायनी सम्पूर्ण मनोकामनालाई पूर्ण गर्नमा सहायक सिद्ध हुन्छन्। माता कात्यायनीलाई शक्ति प्रदान गर्ने देवी मानिन्छ। नव दुर्गाको छैटौं रूपमा रहेकी माता कात्यायनीले नै महिषासुरको वध गरेकी थिइन्। बिहे हुनमा बाधा सृष्टि हुने कतिपय कुमारी कन्याहरू यहाँ माता कात्यायनीको दरबारमा आएर माताको आशीर्वादले लाभान्वित भएका छन्। अहिलेसम्म यस्ता धेरै कुमारी कन्याहरू बिहे भएपछि यहाँ मन्दिरमा आएर धार्मिक अनुष्ठानहरूको आयोजना गरिसकेका छन्।

पौराणिक कथाअनुसार माता कात्यायनी दुर्गाको छैटौं रूपमा पूज्य छन्। माताले यो रूप आफ्नो भक्त ऋषि कात्यायनको निम्ति धारण गरेका थिए। ऋषि कात्यायन माता आदिशक्तिको परम भक्त थिए। देवीको कात्यायनी रूपको उत्पत्ति परमेश्वरको नैसर्गिक क्रोधबाट भएको थियो। माता कात्यायनीले देवी पार्वतीद्वारा दिएको सिंहमाथि विराजमान भएर महिषासुरको वध गरेकी थिइन्। माता कात्यायनीलाई भगवान ब्रह्माको मानस पुत्री मानिन्छ। माता कात्यायनीको पूजा नवरात्रमा षष्ठी तिथिको दिन गरिन्छ। जब दानव महिषासुरको अत्याचार पृथ्वीमा बढ़ेर गएको थियो, त्यस बखत भगवान ब्रह्मा, विष्णु अनि महेश तीनैजनाले आआफ्नो तेजको अंशलाई दिएर महिषासुरको विनाश गर्नको निम्ति एक देवीलाई उत्पन्न गरे। महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरे। यसकारण यिनलाई कात्यायनीको नाम दिइयो।

(लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुनुहुन्छ)

                                    ***

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *