फीफा इण्टरनेशनल फ्रेण्डलीः ब्राजील र अर्जेण्टिनाको साथमा कोलम्बिया विजयी

IMG_20220928_123245.jpg

२८ सेप्टेम्बरः फीफा विश्व कपअघि तयारीलाई अन्तिम रूप दिन ओर्लिने ब्राजील र अर्जेण्टिनाले अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचमा सजिलै जीत हासिल गऱ्यो। ब्राजीलले मंगलवार खेलिएको म्याचमा ट्यूनिशियालाई ५-१-ले पराजित गऱ्यो। डिलान ब्रोनले ४२औं मिनटमा रातो कार्ड देख्दा दशजना खेलाड़ीमा सीमित हुने ट्यूनिशियाले ब्राजील समक्ष कुनै चुनौती पेश गर्न सकेन। म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलबाट राफिन्हाले ११औं र ४०औं मिनटमा २ गोल गरे। यसबाहेक रिचार्लिसनले १८औं, नेमारले २९औं (पेनल्टी) र पेड्रोले ७४औं मिनटमा गोल गरे। ट्यूनिशियाबाट एकमात्र गोल मोण्टासाल टाल्बीले १८औं मिनटमा गरे। यसरी नै अर्जेण्टिनाले एकतर्फी म्याचमा जमाइकालाई ३-०-ले पराजित गऱ्यो। रेड बुल एरेनामा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाई टीमबाट चमत्कारी स्ट्राईकर लियोनल मेस्सीले अन्तिम क्षणमा २ गोल गरे। पीएसजी-का फूटबलरले म्याचको ८६औं र ८९औं मिनटमा गोल गरे। यसरी नै अन्य एउटा गोल जुलियन अल्वारेजले १३औं मिनटमा छिराए।

यी दुई हेभिवेट टीमको साथमा कोलम्बियाले मेक्सिको विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। लिवाइस स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने कोलम्बिया एक समय त म्याचमा २ गोलले पछि रहेको थियो। एलेक्सिस भेगाले छैटौं मिनट (पेनल्टी) अनि जेरार्डो अर्टेगाले २९औं मिनटमा गोल गरी मेक्सिकोलाई बढ़त दिलाए। म्याचको मध्यान्तरसम्म २ गोलले पछि रहने कोलम्बियाले दोस्रो हाफमा चाहिँ असाधारण फूटबल खेल्यो। यस अवधि लुइस सिनिसटेराले ४९औं र ५२औं मिनटमा २ गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि विल्मार बेरिओसले ६८औं मिनटमा गोल गरी कोलम्बियालाई ३-२-ले जीत दिलाए। यसबीच प्याराग्वे र मोरक्कोबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। अल्जेरियाले नाईजेरियालाई, बुर्किना फासोले कोमोरोसलाई, होण्डुरसले ग्वाटेमालालाई अनि माल्टाले इज्रायललाई २-१-को समान अन्तरले पराजित गऱ्यो। यसरी नै पेरुले ग्वाटेमाला विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *