कालकोत्ता उच्च न्यायालयको फैसलापछि पहाडमा ३१३ शिक्षकहरु सडकमा

IMG-20251218-WA0122

भाजपाद्वारा सीबीआई जाँचको माग

मङपू: कालकोत्ता उच्च न्यायालयले ३१३ जना शिक्षक शिक्षिकागणको नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज गरेपछि आज पहाडको शिक्षा क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ। फैसलापछि आक्रोशित बनेका ३१३ जना शिक्षक–शिक्षिकागण आज सडकमा उत्रिँदै विरोध प्रदर्शनमा सहभागी भएका छन्। यस विषयमा प्रतिक्रिया दिँदै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीब लामाले ३१३ जना शिक्षक–शिक्षिकागणमध्ये कतिपयले नेताहरूलाई पैसा बुझाएर अवैध रूपमा शिक्षक नियुक्ति पाएको गम्भीर आरोप लगाएका छन्। उनले यो प्रकरणले शिक्षा प्रणालीमा व्यापक भ्रष्टाचारको संकेत गरेको भन्दै सम्पूर्ण विषयको निष्पक्ष र गहिरो छानबीनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मार्फत जाँच गरिनुपर्ने माग गरेका छन्। लामाले दोषी जो–कोही भए पनि कडा कार्बाही हुनुपर्ने र योग्य तथा निर्दोष शिक्षक शिक्षिकाको हक र अधिकार सुरक्षित गरिनुपर्नेमा जोड दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement