खरसाङमा प्रि क्रिसमस रैलीको साथमा क्यारोल गीतहरुको प्रस्तुति

IMG-20251218-WA0113

खरसाङ: खरसाङका विभिन्न चर्चहरु मिलेर प्रि क्रिसमस पालन गर्दै खरसाङमा‌ रैली निकालिएको छ। खरसाङ बजार क्षेत्रका विभिन्न चर्चहरु मिलेर खरसाङको टुरिस्ट लजदेखि हिल कार्ट रोड हुँदै वर्ध्दमान रोड भएर मोटर स्ट्याण्ड र रेलवे स्टेशन परिसरसम्म क्रिसमस रैलीको आयोजना गरिएको छ। रेलवे स्टेशन परिसरमा आएर प्रि क्रिसमस महोत्सवको रुपमा पालन गरिएको छ। यस अवसरमा विभिन्न चर्चका इसाईहरुले मिलेर क्रिसमसको क्यारोल गीतहरु गाउनुको साथै सबैमा क्रिसमसको शुभकामना व्यक्त गरेका छन्। रेलवे स्टेशन परिसरमा प्रि क्रिसमस महोत्सव अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यसको साथै खरसाङको रेलवे स्टेशन परिसरमा प्रि क्रिसमस महोत्सव अन्तर्गत क्रिसमसको क्यारोल गीतहरु प्रस्तुत गरिएको थियो। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङका वरिष्ठ पास्टर रेभरेन्ट अजय छेत्रीले सबैलाई क्रिसमसको शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement