पहाडका ३१३ जना शिक्षक शिक्षिकाहरुद्वारा दार्जिलिङमा‌ विरोध रैली

IMG-20251218-WA0111

दार्जिलिङ: कोलकाता उच्च न्यायालयको प्रिन्सिपल बेन्चले नियुक्ति अवैध ठहऱ्याएर नोकरी खारेज गरिएका ३१३ जना शिक्षकले आज १८ दिसम्बरका दिन दार्जिलिङमा न्यायको मांग गर्दै ऱ्याली निकालेका छन्।
आफूहरू योग्य हुँदाहुँदै पनि न्यायालयले विपरीत फैसला सुनाएको उनीहरूका भनाइ छ।
यस सम्बन्धमा सम्बन्धित निकाय र पश्चिम बङ्गाल सरकारले न्याय दिनुपर्ने उनीहरूका माग छ। यसैले आफूहरू न्यायका लागि सडकमा ओर्लेको र न्यायका लागि अन्तिम साससम्म लड्ने बताएका छन्। भोलिका दिनमा ३१३ जना शिक्षकहरूलाई न्यायालयको फैसलाअनुसार नोकरीबाट हटाइएका खण्डमा जीटीए क्षेत्रका विद्यालयहरू शिक्षकविहीन हुने पनि उनीहरूका भनाइ छ।
न्यायको मांग गर्दै शिक्षक शिक्षिकाहरुद्वारा आज रैलीको आयोजना गरेको थियो। उक्त विरोध रैली दार्जिलिङको रेलवे स्टेशनबाट शुरु भएर भानु भवनसम्म पुगेर सभामा परिणत भएको थियो।

उक्त विरोध रैलीमा ३१३ जना शिक्षक शिक्षिकाहरुले न्यायको मांग गर्दै आफुहरु अवैध हो वैध चै को हुन् भन्दै हामी अवैध र अयोग्य हो योग्यहरु को को हुन् भन्दै विरोध जनाएका छन्। शिक्षक शिक्षिकाहरुको‌ उक्त विरोध रैली दार्जिलिङमा पुगेर सभामा परिणत भएको थियो जसमा जीटीए प्रमुख अनित थापा, कालेबुङका विधायक रूदेन सादा लेप्चा, केशवराज पोखरेल आदिले सम्बोधन गरेका थिए। सभालाई नरेश कटुवालले सञ्चालन गरेका थिए।

About Author

Advertisement