नाइट जीप सफारी प्रकरणमा सद्गुरु वासुदेवविरुद्ध उजुरी; मुख्यमन्त्री सरमाले भने, ‘कानून तोडेको छैन’

00-Sadguru-Kanziranga

गुवाहाटी: असमको काजिरंगा राष्ट्रिय निकुञ्जमा सद्गुरु जग्गी वासुदेवको प्रवेशलाई लिएर हंगामा भएको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले सद्गुरु जग्गी वासुदेवसँगै काजिरंगा राष्ट्रिय निकुञ्जमा राती सफारीमा प्रवेश गरेर वन्यजन्तु संरक्षण ऐन तोडेको कार्यकर्ताहरूले लगाएको निराधार आरोपलाई खारेज गरेका छन्। मुख्यमन्त्री सरमाले आइतबार राति पार्कमा जान नपाउने कानून नभएको बताए। दुई कार्यकर्ताले मुख्यमन्त्री सरमा, सद्गुरु वासुदेव र राज्यका पर्यटनमन्त्री जयन्त मल्ल बरुवाविरुद्ध पुलिसमा उजुरी दिएका छन्। शनिबार तोकिएको समयभन्दा बढी राष्ट्रिय निकुञ्जमा प्रवेश गरेर सन् १९७२ को वन्यजन्तु संरक्षण ऐन उल्लंघन गरेको दाबी गरिएको छ।

उक्त ऐनले वन्यजन्तु संरक्षण र वासस्थानको लागि तोकिएको समयपछि राष्ट्रिय निकुञ्जभित्र सफारी गर्न निषेध गरेको दुवै कार्यकर्ताले आरोप लगाएका छन्। इन्टरनेट मिडिया र स्थानीय च्यानलहरूमा प्रसारित भिडियोहरूमा वासुदेवले सरमा र बरुआसँग खुला सफारी एसयूभी चलाउँदै गरेको देखाइएको छ। साथै, यस मामिलामा मुख्यमन्त्रीले कुनै उल्लङ्घन नभएको बताए। ‘वन्यजन्तु ऐनअनुसार संरक्षकले राति पनि संरक्षित क्षेत्रमा प्रवेश गर्न पाउने व्यवस्था छ। कुनै पनि कानूनले रातिको समयमा मानिसहरूलाई प्रवेश गर्न रोक्दैन। हिजो हामीले यो विशेष सिजनको लागि पार्कको औपचारिक उद्घाटन गरेका थियौं र अहिले सद्गुरु र श्री श्री रविशंकर आइपुगेका छन्। उनका लाखौं फलोअर्स छन्, हामी आशा गर्छौं कि यस पटक काजिरंगाका लागि पर्यटकीय सिजन उत्कृष्ट हुनेछ’, उनले भने। गोलाघाट जिल्ला पुलिसमा उजुरी दिने कार्यकर्ता सोनेश्वर नारा र प्रवीण पेगुले उनीहरुलाई वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाही गर्नुपर्ने बताए। यसैबीच, असमका मुख्यमन्त्रीले सद्गुरु वासुदेवसँग राज्यको समग्र विकासको रोडम्याप तयार गर्न र यसको विकासलाई तीव्रता दिनका साथै यसलाई सबै क्षेत्रमा नमूना बनाउन क्याबिनेट मन्त्रीहरू, वरिष्ठ कर्मचारीहरूसँग छलफल गरे। शनिबार काजिरंगामा राज्यका अन्य कर्मचारीहरू र प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि उपस्थित थिए। सरमा र वासुदेवले शनिबार काजिरंगामा तीन दिने ध्यान शिविरको उद्घाटन गरेका थिए। त्यसपछि मुख्यमन्त्री सरमाले वासुदेवसँगै काजिरंगाको मिहिमुखमा तीनवटा गैँडाको मूर्तिको अनावरण पनि गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *