तेस्रो एशेज टेस्ट म्याचमा ईंग्ल्याण्ड समस्यामा

IMG-20251218-WA0071

एडिलेड: अष्ट्रेलियाले तेस्रो एशेज क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डमाथि चरम दबाउ सृष्टि गऱ्यो। अष्ट्रेलियाले बनाएको ३७१ रनको जवाफमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा बिहीवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म ८ विकेटमा २१३ रन बनायो। यसरी ईंग्ल्याण्ड अहिले पनि पहिलो ईनिंग्सको आधारमा १५८ रन पछि रहेको छ। दोस्रो दिनको खेल समाप्त हुँदासम्म कप्तान बेन स्टोक्स ४५ र जोफ्रा आर्चर ३० रनमा अविजित थिए। अष्ट्रेलियाई बलरहरूमा आज कप्तान प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए। यसरी स्कट बोलाण्ड र स्पिनर नेथन लायनलाई पनि २–२ सफलता हासिल भयो। यसअघि बिहीवार बिहान अष्ट्रेलियाले पहिलो दिनको स्कोर ८ विकेटमा ३२६ रनदेखि अघि खेल्दै आज रहल २ विकेट गुमाएर ४५ रन बटुल्यो। बुधवार ३३ रनमा अविजित रहने मिचेल स्टार्क आज ५४ रन बनाएर आउट भए। उनले ७५ बल खेलेर ९ वटा चौका लगाए। स्कट बोलाण्ड १४ रनमा अविजित रहे। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चरले सर्वाधिक ५ विकेट लिए। त्यसपछि ईंग्ल्याण्डको पहिलो ईनिंग्समा शुरुवात खराब रह्यो अनि ४२ रनमै ३ विकेटको पतन भइसकेको थियो। ओपनर ज्याक क्रलीले ९, ओली पोपले ३ र जो रुटले १९ रन बनाए। त्यहाँबाट ह्यारी ब्रूकले बेन डकेट (२९ रन)-सँग मिलेर स्कोर ७१ रनसम्म पुऱ्याए। रुट आउट भएपछि कप्तान स्टोक्सले ब्रूकसँग मिलेर मोर्चा सम्हाले। यी दुईजनाले मिलेर पाँचौं विकेटको निम्ति ५६ रनको पार्टनरशीप गरे। ब्रूक आउट भएपछि विकेटकीपर जेमी स्मिथले २२ रन बनाएर स्टोक्सलाई केही बेरसम्म साथ दिए। ईंग्ल्याण्डले दिनको अन्तिम सेशनमा विल ज्याक्स र ब्रायडन कार्सको विकेट लगातार गुमायो। त्यसपछि स्टोक्स र आर्चरले मिलेर दिनको अन्तसम्म लड़ाइँ जारी राखे। यी दुईजनाले नवौं विकेटको निम्ति ४५ रनको पार्टरशीप गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement